प्रस, वीरगंज, १२ वैशाख/

जनता समाजवादी पार्टी बाराका नेता तथा सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्रराय यादव मनोनयनको अन्तिम दिन सोमवार अन्ततः लोसपामा प्रवेश गरेर टिकट हासिल गर्न सफल भएका छन्।

जसपाबाट उनले टिकट नपाएपछि लोसपामा प्रवेश गरेका हुन्। उनलाई लोसपाका मधेस प्रदेश अध्यक्ष जीतेन्द सोनलले पार्टी प्रवेश गराउँदै गापा अध्यक्षको टिकट दिएका थिए। हिजो जसपाबाट सुवर्ण गापाको अध्यक्षमा मनोनयनपत्र दर्ता गर्ने मनसाय बनाएका यादवलाई जसपाले धर्मवीर यादवलाई टिकट दिएपछि उनले पार्टी परिवर्तन गर्दै लोसपामा प्रवेश गरेर गापा अध्यक्षको टिकट हात पार्न सफल भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here