प्रस, वीरगंज, १२ वैशाख/

बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार भएका रौतहटका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वरमा बस्दै आएका मृत्युञ्जय जयसवाललाई प्रहरीले पक्राउ गरेको हो।  उनले आठजनालाई प्रलोभनमा पारी सात करोड १३ लाख रुपियाँँ ठगी गरेको उजुरीको आधारमा पक्राउ गरी प्रहरी वृत्त, नयाँ बानेश्वर, काठमाडौंको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here