प्रस, वीरगंज, ११ वैशाख/

स्थानीय चुनावमा महानगर, उपमहानगर, नगर र गाउँपालिकाका उम्मेदवारहरूले उम्मेदवारी दर्ताको क्रममा आवश्यक कागजात नपुग भएर कतिपयको उम्मेदवारी दर्ता हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले जनाए अनुसार आवश्यक कागजातमा वडा सदस्य र अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्दा नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको मतदाता परिचयपत्रको प्रतिलिपि अथवा मतदाता नामावलीको सूचीका साथै प्रस्तावक र समर्थकको पनि मतदाता परिचयपत्र अथवा मतदाता नामावलीको सूचीको प्रतिलिपिसहित स्वयम् उपस्थित हुनुपर्छ ।

नगरप्रमुख र उपप्रमुखको हकमा पनि नागरिकताको प्रतिलिपि र सम्बन्धित महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको कुनै पनि वडामा मतदाता सूचीमा रहेको नामावली प्रमाणित प्रतिलिपि आवश्यक पर्छ । उम्मेदवारहरू आपैंmले आवेदनपत्र भर्नुपर्ने र समर्थक तथा प्रस्ताव साथमैं रहनुपर्ने बताइएको छ ।

कुन उम्मेदवारलाई कति शुल्क

निर्वाचन आयोगको कार्यालयले उम्मेदवारहरूको शुल्क निर्धारण गरेको छ । नगरप्रमुख/गापा अध्यक्षका लागि रु १५ सय, उपप्रमुख/उपाध्यक्षको लागि रु १५ सय, वडाध्यक्षको लागि रु एक हजार र वडा सदस्यको लागि रु पाँच सय शुल्क निर्धारण गरेको छ ।

उम्मेदवारहरूले यति कुराको जोहो गरेर आफ्नो पालिकामा तोकिएको मतदान अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here