नितेश कर्ण, वीरगंज, ११ वैशाख/

निर्वाचन आयोगले स्थानीय चुनावमा भारतीय सवारीसाधनको प्रयोगमा रोक लगाएको छ तर पर्सा जिल्लामा सो निर्देशनको पालना भएको छैन ।

स्थानीय तहको चुनावलक्षित सभाहरूमा पर्सा जिल्लामा भारतीय गाडीहरूको छ्याप्छ्याप्ती प्रयोग भइरहेको छ । निर्वाचन आचारसंहिताविपरीत यो कार्यमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रोक लगाउनुपर्ने हो तर वीरगंज महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले वीरगंज भन्सार कार्यालयले भारतीय सवारीसाधन प्रवेशमा रोक लगाउनुपर्ने बताए । उनले भन्सार तिरेर भित्रिएका सवारीसाधनहरू नै चुनावी प्रचारमा प्रयोग भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here