काठमाडौं, ११ वैशाख/रासस

संविधानसभा सदस्य डा डिम्पलकुमारी झाको आइतवार बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमैं निधन भएको हो ।

मधेस प्रदेशको पूर्वराज्यमन्त्रीसमेत रहेकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेस प्रदेशको प्रदेशसभा सदस्य थिइन् । लोसपाका नेता एवं पूर्वमन्त्री अनिलकुमार झाकी पत्नी उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।

करीब दुई महीनाअघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहे पनि  पछिल्लो समय चिकित्सको सल्लाहमा घरमैं रेखदेख भइरहेकामा आज बिहान निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here