प्रस, वीरगंज, १० वैशाख/
वीरगंज महानगरका निवर्तमान प्रमुख विजयकुमार सरावगीले चुनावमा वीरगंजको विकास गर्ने दललाई मत दिन आग्रह गरेका छन् ।
वीरगंज महानगर–३२ बेलवामा आयोजित कार्यक्रममा उनले वीरगंजको विकासको लागि एमालेको विकल्प नरहेको बताए ।
उनले एमालेबाहेकका दलबाट वीरगंजको विकास नहुने तर विनाश पक्कै हुने आरोप लगाए । उनले वीरगंजको विकास चाहने कि विनाश सोको निक्र्योल वीरगंजवासीले गर्नुपर्ने आग्रह गरे ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, प्रदेश सदस्य विचारी यादव, बसरुद्दीन अन्सारी, शिव गुप्तालगायतको सहभागिता थियो ।