प्रस, वीरगंज, १० वैशाख/
वीरगंज महानगरमा गठबन्धनमार्फत जनता समाजवादी पार्टीबाट नगरप्रमुखका दाबेदार राजेशमान सिंहले वीरगंजको विकास २० वर्ष पछाडि धकेलिएको आरोप लगाएका छन् ।
वीरगंज महानगर–१ मा आयोजित कार्यक्रममा नेता सिंहले निवर्तमान नगरप्रमुखका कारण वीरगंजको विकास २० वर्ष पछाडि धकेलिएको जिकिर गरे । उनले महानगरवासीको मतको निवर्तमान नगरप्रमुखले अपमान गरेको बताए ।
जनताले विकासका लागि मतदान गरेको तर ठीक त्यसको उल्टो काम भएको दोषारोपण गरे । उनले आफूसँग विकासको गुरुयोजना रहेको दाबी पनि गरे । वीरगंजको विकासका सो गुरुयोजनामार्फत काम गर्ने उनले बताए ।