प्रस, वीरगंज, ९ वैशाख/
बिहीवारदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) पहिलो दिन पर्सा जिल्लामा मर्यादित तरीकाबाट सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिलो दिनको एसइई पर्सा जिल्लामा शान्तिपूर्वक मर्यादित तरीकाले सम्पन्न भएको बताए । उनीसहितको टोलीले वीरगंज महानगरस्थित विभिन्न सामुदायिक विद्यालयमा रहेका परीक्षा केन्द्रको स्थलगत अनुगमन गरेका थिए ।
प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलसहितको टोलीले एसइई भइरहेका सामुदायिक विद्यालयहरूको अनुगमन गरेका थिए ।