बेइजिङ, ६ वैशाख/सिन्ह्वा

चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।

चीनका विभिन्न शहरमा कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या सोमवार मात्र ३ हजारभन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सोमवारको तथ्याङ्क अनुसार यहाँ ३ हजार २९७ जना कोरोना सङ्क्रमित देखिएका हुन् ।

तीमध्ये सबैभन्दा धेरै संघाई शहरमा पाइएको बताइएको छ । चीनको नेशनल हेल्थ कमिशनले सोमवार भेटिएकामध्ये ३०८४ जना संघाईकै रहेका बताएको छ । संघाईमा पछिल्लो समय कोरोना सङ्क्रमण बढेको छ ।

त्यहाँ कोरोना भाइरसका थप सङ्क्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिशनले दिएको जानकारीमा जनाइएको छ । कमिशनका अनुसार चीनभित्रै सङ्क्रमित भएका व्यक्ति भेटिएका हुन् । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा सङ्क्रमित पाइएका हुन् । यी शहरहरूमध्ये सबैभन्दा बढी अहिले संघाईमा सङ्क्रमित भेटिएका छन् ।

चीनमा पछिल्लो समय सङ्क्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरूमा पनि पुनः स्वास्थ्य जाँच गर्न शुरू गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here