नयाँ दिल्ली, ५ वैशाख/एएनआई
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या झन्डै ९० प्रतिशतले वृद्धि भएको
छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ । सोमवार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी, पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय सङ्क्रमित छन् ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ । कुल सङ्क्रमितमध्ये ९८.७६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । रासस