जगतपुर स्वास्थ्य चौकीको अवस्था नाजुक

धर्मेन्द्र चौरसिया, पोखरिया, ४ वैशाख/

पोखरिया नगरपालिका–८ जगतपुरस्थित स्वास्थ्य चौकीको अवस्था एकदमै दयनीय भएको छ ।

स्वास्थ्य चौकीमा दुईवटा कोठा मात्र छ । जसमा प्रशासनिक कामका साथै स्वास्थ्य परीक्ष्Fण गर्नुपर्ने बाध्यता छ । एउटा कोठालाई स्टोर रूम बनाइएको छ र त्यसको आधा भागमा महिलाहरूको उपचार हुने गरेको छ ।

अर्को कोठामा दराज, कागजातहरू छन् र त्यहाँ औषधि राख्ने ठाउँको अभाव छ । फर्निचर जीर्ण अवस्थामा छ । शौचालयको झनै बिजोग छ । शौचालय अगाडि नाला छ र शौचालय जानको लागि सामान्य मान्छेलाई नाला पार गरेर जानुपर्छ भने बिरामीहरूलाई नाला पार गर्न समस्या हुने गरेको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज रामविनय गुप्ताले स्वास्थ्य केन्द्रको दयनीय अवस्थाबारे वडा कार्यालय र नगरपालिकाको ध्यानाकर्षण गराएको तर सुधार नभएको बताएका छन् । उनले पटक–पटक स्वास्थ्य केन्द्रबारे ध्यानाकर्षण गराउँदा पनि केही काम नभएको दुःखेसो पोखे ।

वडाध्यक्ष किशोरी साहले नगरपालिकाको ध्यानाकर्षण गराएको र अहिलेसम्म काम हुन नसकेको स्विकारे । उनले वडाकै बजेटबाट भए पनि स्वास्थ्य केन्द्रको स्तरोन्नतिको लागि प्रयास नगरेको स्थानीयको गुनासो छ । वडाध्यक्षले आफ्नो वडाको स्वास्थ्य चौकीको स्तरोन्नतिमा चासो दिनुपर्ने हो तर नगरपालिकाको टाउकोमा दोष थोपरेर दोषमुक्त हुन खोजेको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here