प्रस, वीरगंज, ३ वैशाख/
पर्सा जिल्लाका वीरगंज महानगर र पोखरिया नगरपालिकामा शनिवार भएको रक्तदान कार्यक्रममा १२० जनाले रक्तदान गरेका छन् ।
दुर्गा पूजा सेवा समिति, रानीघाटले १७औं पटक आयोजना गरेको खुला रक्तदानमा सन्दीप थारू, शारदा गुप्ता, विकास वर्णवाल, विजय सहनी, विकास साह, रितेश सुवेदी, सज्जन चौधरीलगायत ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले
बताए ।
यसैगरी, रूँगटा वेलफेयर सोसाइटीले नगर सभागृहमा आयोजना गरेको रक्तदान कार्यक्रममा वसुन्धरा, रोहित अग्रवाल, नारायण रूँगटा, अञ्जनी खेतान, उज्ज्वल रूँगटा, अभिषेक श्रीवास्तवलगायत ३४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।
प्रस, पोखरिया/
बाल उत्थान इङ्गलिश बोर्डिङ स्कूल, पोखरिया–४ द्वारा आयोजित रक्तदान कार्यक्रममा एकजना महिलासहित ३६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।
सन्तोष पटेल, प्रियङ्का रौनियार, धर्मेन्द्र चौरसिया, नीरज चौहान, बृजकिशोर यादव, मनोज साहलगायतले रक्तदान गरेका थिए ।
प्रदीप यादवको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन नगरप्रमुख दीपनारायण रौनियारले गरेका थिए ।