प्रस, वीरगंज, ३ वैशाख/
वीरगंजमा हनुमान जयन्ती भव्यताका साथ मनाइएको छ ।
शनिवार दिउँसो महानगरका विभिन्न टोलबाट बाजागाजा, झाँकीसहित जय श्रीरामको नारा लगाएर भक्तजनहरू वीरगंजको घण्टाघरमा एकीकृत भएका थिए । त्यहाँबाट ¥याली निकालेर वीरगंज भन्सार पुगी पुनः घण्टाघरमा ¥याली विसर्जन भएको थियो । ¥यालीमा नगरप्रमुख विजयकुमार सरावगीलगायतको सहभागिता थियो ।