न्यूयोर्क, ३ वैशाख/एएनआई/सिन्ह्वा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार जेरुसेलमको बिगँ्रदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।
जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा शुक्रवार प्यालेस्टाइनीको इजरायली प्रहरी बलसँग झडप हुँदा १०० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
यसैबीच, मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेनेस्ल्यान्डले स्थिति शान्त पार्न प्रमुख क्षेत्रीय साझेदार र पक्षसँग नजीकको सम्पर्क कायम राखेका छन् ।
गुटेरेसले संयुक्त राष्ट्रसङ्घका सान्दर्भिक प्रस्ताव, अन्तर्राष्ट्रिय कानून र द्विपक्षीय सम्झौताको आधारमा द्वन्द्व समाधान गर्न प्यालेस्टिनी र इजरायलीलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएको विज्ञप्तिमा जनाइएको छ । रासस