प्रस, ठोरी, २ वैशाख/
ठोरी गाउँपालिका–१ फायरलाइनमा जीतबहादुर सुनारको घरमा बिहीवार आगलागी भएको छ । आगलागीबाट घर जलेर नष्ट भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ठोरीका निरीक्षक शङ्कर कोइरालाले जानकारी दिए ।
विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घरमा कोही नभएको समयमा आगलागी भएको सञ्चारकर्मी नवराज फुयाँलले जानकारी दिए ।
आगलागी पोखरिया नगरपालिका, वीरगंज महानगरपालिका र सखुवा परसौनी गाउँपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट मानवीय र पशु चौपायाको क्षति नभए पनि घर, गोठ, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर करीब १५ लाख बराबरको क्षति भएको सशस्त्र प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए ।