प्रस, सिम्रौनगढ, २ वैशाख/

बाराको सिम्रौनगढ–७ टोल खजानीमा नेकपा एमालेको  वडास्तरीय कार्यकर्ता भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य  पुरुषोत्तम पौडेलले आँधीमा अधिकतर ठूला–ठूला रूख ढल्छन् । त्यस्तै देशभरिआएको एमालेको आँधीले कतिपय सामन्तीहरूको निद्रा हराम गरिदिएको छ  । अर्कोतर्फ सतारूढ दलहरू एमालेसित एक्लै लड्न नसक्ने देखी गठबन्धन बनाउँदै छन् ।

स्थानीय तहमा हिजो तीन हजारको बजेट शुरू भएर आज ४० करोड भएको  छ, वृद्ध र एकल महिला भत्ता एक सयबाट शुरू भएर चार हजार पुगेको  छ । यो एमालेकै देन हो । राष्ट्रियताको सवालमा कालापानी, लिम्पियाधुरा, लिपु लेकसहितको नक्शा जारी भएको छ र हुलाकी राजमार्ग, सिम्रौनगढ–तामागढी सडक पनि एमालेकै देन भएको उनले बताए ।

अर्का वक्तानेकपा एमाले पोलिट ब्युरो सदस्य अच्युत मैनालीले प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक स्थल सिम्रौनगढमा आउने पर्यटक, यात्रीहरूलाई सबभन्दा ठूलो समस्या वासको छ । यहाँ एउटा पनि होटेल, धर्मशाला र होमस्टे नहुँदा पर्यटक आउन  नचाहेको बताए ।  चुनाव अब २८ दिन बाँकी छ, त्यसैले आफ्नो जिम्मेवारी बुझी अरूको लोभ लालचमा न परी सही नेतृत्व चयन गर्दा सिम्रौनगढको भविष्य उज्ज्वल हुने बताए ।

स्थानीय नेता उपेन्द्र चौधरीको  अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री ज्वाला साह, मधेस प्रदेश सदस्य ताराचन्द साह, कलामुद्दिन अन्सारी, युवा नेता सनि गुप्ता, सुपेन्द्र कुशवाहालगायतले आफ्नो विचार राखेका थिए ।

नेकपा एमाले सिम्रौनगढ नगरपालिका  वार्ड नं १ र ७ ले आयोजना गरेको यो कार्यक्रममा विभिन्न पार्टी  त्याग गरी १२५ जना एमाले प्रवेश गरे । प्रवेश गर्नेहरूमा सुपेन्द्र कुशवाहा, नारायण मुखिया, रन्जित यादव, तेजीलाल यादव, ध्रुव कुशवाहालगायत रहेका छन् । नवप्रवेशीहरूलाई प्रमुख अतिथिले फूलमाला र अबीर लगाई स्वागत गरेका थिए ।

दीपेन्द्र कुशवाहाले सञ्चालन गरेको  कार्यक्रममा सन्निकुमार गुप्ताले स्वागत  गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here