- राजेन्द्रप्रसाद कोइराला
नयाँ वर्ष २०७९, २०७८ भन्दा पनि निराशाजनक हुनेछ । देश त्यही,कर्मचारी तिनै, भ्रष्टाचार यथावत्, गन्हाएका नेताहरू त्यही, जसमा न देश बनाउने सङ्कल्प छ, न आफू परिवर्तन हुने कुनै सन्देश । २००७ सालदेखि २०७८ सालसम्म पञ्चायतको ३० वर्ष छुट्याइदिंदा पनि, ४१ वर्षे प्रजातान्त्रिक/लोकतान्त्रिक देशमा खै विकास, खै उन्नति, खै विज्ञान र प्रविधिको उत्तचतम प्रयोग । मुलुक झन्झन् पराश्रित र गरीब, कहालिलाग्दो आर्थिक स्थिति, बदलाको राजनीति, नेताका निकृष्ट र छुच्चो बोली । सङ्घीयताको नाममा भाइ–भतिजा, ज्वाइँ–छोरीलाई राजदूत र मेयर बनाउने परिवारवाद । जताततै लथालिङ्ग ।
ध्यान दिएर हेर्ने हो भने सत्तामा जानेहरू एक अर्काका क्लोनजस्ता देखिन्छन् । उस्तै ब्रान्डका उपभोक्ता । उनीहरू एकै किसिमका चीज पिउँछन्, खान्छन् । उस्तै कम्पनीको कारमा घुम्छन् । हरेकका खाता उस्तै बैंकमा हुन्छ । सबैका गोजीमा उस्तै किसिमका क्रेडिट कार्ड र एटिएम र हातमा उस्तै मोबाइल । उस्तै रक्सीको नशामा दिनरात बिताइरहेका हुन्छन् । अखबारका पाना र टिभि च्यानलमा सधैं बेशर्म र नाङ्गा देखिन्छन् ।
जो कोहीलाई भोट दिएर जिताए पनि जनताको जीवनमा ताŒिवक फरक देखिंदैन । मित्रता, सम्बन्ध, सद्भाव सबै भुलेर आफ्नो र अर्काको पार्टी भन्दै गाली र छुच्चो भाषाको प्रयोग ।
यिनीहरूलाई देश कसरी लुट्न सकिन्छबाहेक अरू ध्याउन्न छैन । कुन दलको विश्वास गने ? प्रजातान्त्रिक भनाउँदो काङ्ग्रेसलाई शेरबहादुरको क्रियाकलापले पत्रु, काङ्ग्रेसका नेता–कार्यकर्ताहरूलाई शर्मनाक बनाएको छ । एमाले क्षूद्र दन्तबझानमैं व्यस्त छ । माओवादीको त कुरै के गर्नु १ संसदीय प्रणालीमा छिरेर सम्पूर्ण संस्थालाई ध्वस्त पारिसके । यी त भस्मासुर नै भएस न्यायालय, अख्तियारजस्ता संस्थालाई पनि सेकुवा बनाएर खाइसके । हुँदाहुँदा राष्ट्र बैंकलाई पनि अछूतो राखेनन् । भर्खरै भारतीय राजादूतको बिदाइ समारोहमा यिनीहरूले देखाएको तमाशाले लाजलाई नै लाज लाग्यो । आफ्नो चुनावी प्रचारमा कुलमान घिसिङो तस्वीर टाँसेर देखाएको अर्को तमाशा यहाँ उल्लेख गर्नैपर्छ ।
शशांक कोइराला भन्ने एकजना पात्र छन्, देशमा । प्रतिनिधि पात्र नै हुन् उनी । यिनले गत चुनावमा छ करोड खर्च गरेछन् । ‘अफ द रेकर्ड’ सुनाएपछि यिनले युवा र चेतनशील नागरिकलाई चुनौती दिए आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन । हाँक दिंदै थपे पनि अबको चुनावमा सातदेखि आठ करोड खर्च हुनेछ, छ कोही त्यहाँबाट उम्मेदवार हुन ? प्रश्न उठ्छ–यिनले त्यो रकमको जोहो कहाँबाट गरे ? यिनको खर्चको स्रोत के हो ? कहाँबाट ल्याउँछन यत्रो रकम ? यिनीसँग पैसा फल्ने रूख छ ?
हिसाब देखाउनुपर्दैन ? अडिटले के हेरिराको छ ? यो सोझै महालेखाको कार्यक्षेत्रसँग जोडिएन ? आचारसंहिता र कानून मिचिएन ? जाँचबुझको लागि पक्राउ गर्नुपर्ने अवस्था होइन र ?
अहिले देशमा विद्यमान तरलताको अभावको उत्तर यही हो । निकट भविष्यको स्थानीय चुनाव र त्यसलगत्तै हुने संसदीय चुनावका लागि हजारौं उम्मेदवार छन् । ती हरेकले सालाखाला पाँच करोड खर्च गर्नेगरी ढुकुटी तयार राखेका छन् । अनि बजारमा पैसा कसरी हुन्छ ? अर्बौं रुपियाँ यसरी फ्रिज भइरहेको छ । अनि अमेरिकाबाट कत्रो योजना गरी ल्याएको डलर रोकिंदा, गभर्नरलाई निलम्बन नगरे कसलाई गर्ने त ?
यो देशको अर्को ठूलो समस्या भनेको अलि ठूलो काम, कारोबार हुन लाग्दा वा हुँदा जिम्मेवार निकायमा बसेको मुख्य व्यक्ति विभिन्न आरोप लागेर निलम्बित वा बर्खास्त हुने गर्छ । कारोबार गर्ने व्यक्तिले पहिले आरोप लगाउँछ, घूस वा कमिशन मागेर काम गर्न नचाहेको भनेर । त्यसपछि कथा सकियो । मिडियाले त्यसलाई ‘सत्यतथ्य’ भनेर स्थापित गरिदन्छ । घूस, कमिशन र आर्थिक अपचलनको कुनै पनि आरोप जस्ताको तस्तै पत्याइदिने हामी छँदैछौं । हामीलाई आरोप लगाउने व्यक्ति सही हो कि गलत, प्रस्तावित कारोबार ठीक थियो कि थिएन, जिम्मेवार व्यक्तिले के प्रश्न उठाएको हो, कस्तो अन्तक्र्रिया भएको थियो भन्ने कुरामा कुनै चासो हुन्न । पदमा बस्ने व्यक्ति भ्रष्ट हुनु हाम्रो नजरमा एकदम स्वाभाविक हो । यही मेसोमा आरोप लगाउने व्यक्ति चोखो प्रमाणित भइसक्छ । चिल आएको हल्ला पत्याएर उभो मुन्टो लगाउने हामीले स्यालले कुखुरा टप्काइसकेको कहिले चाल पाउँदैनौं ।
विद्वान् राम लोहनीले लेखेको एउटा टिप्पणी–“फिलिप जोर्डन नामका एक गणितज्ञ थिए । तिनको ‘कार्ड प्याराडक्स’ भन्ने एउटा पजल थियो । कार्डको एकापट्टि त्जभ कभलतभलअभ यल तजभ यतजभच कष्मभ ष्क तचगभ र अर्कोपट्टि त्जभ कभलतभलअभ यल तजभ यतजभच कष्मभ ष्क ाबकिभ लेखिएको थियो । कुन चाहिं पत्याउनु ?
हाम्रो राजनीतिमा यस्ता प्याराडक्सको भरमार छ । नेताहरूको एउटा पाटो पल्टाउन खोज्यो, अर्को पाटोले अघिल्लो पाटोलाई खारेज गरिरहेको देखिन्छ । कार्ड प्याराडक्समा पहिले ट्रू वाला वाक्य पढेर कार्ड पल्टाएपछि देखिने वाक्यले ट्रुलाई फल्स भनिदिन्छ । पहिले फल्स वाक्य पढेर कार्ड पल्टाउँदा फल्स वाक्यलाई ट्रु भनिदिन्छ । कुन चाहिं पत्याउने ? पत्याउँदा पनि सुख छैन, नपत्याउँदा पनि सुख छैन ।
त्यस्तै लायर्स प्याराडक्स छ–‘म भूmटो बोल्छु’ । ‘भूmटो बोल्छु’ भन्ने कुरा पत्याउने हो भने उसले बोलेको भूmटो ठहरिन्न, साँचो ठहरिन्छ । नपत्याउने हो भने उसले साँचो बोलेको मान्नुपर्छ । यस्तो चक्र चलिरहन्छ, निरन्तर । कार्ड प्याराडक्स हाम्रो जीवित इतिहास हो ।
अर्कोतिर नेपालमा प्रचण्ड भन्ने नेपाली स्टालिन छन्– उनको कामै बनेको काम भत्काउने । उनी जङ्गल छाडेर बस्ती पसेपछि देश कहाँबाट कहाँ पुगिसक्यो । छोरीलाई फेरि मेयर बनाउन अनेक तिकडम गरेर भस्मासुरलाई वशीभूत पार्न जोड लगाउँदै छन् । किनकि ज्योतिषिले भने अनुसार उनले देशको सातौं प्रधानमन्त्री बन्नुछ । देश र पार्टीको जेसुकै होस् । यहाF एउटा भाष्य उल्लेख गर्न चाहें–स्टालिनले एकपटक छोरालाई सम्झाएका थिए–“हेर् बाबू १ स्टालिन भनेको म होइन, तँ पनि होइनस् । स्टालिन भनेको पावर हो, पत्रपत्रिकामा छापिने स्टालिन स्टालिन हो, सोभियत सङ्घको सर्वोच्च कमान्डर हो स्टालिन । स्टालिन व्यक्ति होइन ।” आशय के थियो भने “तँ व्यक्तिको छोरा होइनस्, संस्थाको छोरा होस्, पावरको छोरा होस् ।”
चितवनमा अहिले लगभग यस्तै अवस्था छ । रेणुलाई प्रचण्डकी छोरीको रूपमा बुझ्नु महाभूल हुनेछ । रेणु हेडक्वाटरकी छोरी हुन्, पावरकी छोरी हुन्, संस्थाकी छोरी हुन् । त्यो संस्था जसले देउवालाई प्रधानमन्त्री बनायो, त्यो संस्था जसले ओलीलाई सडकमा ल्यायो, त्यो संस्था जसले गणतन्त्र ल्यायो । रेणु गणतन्त्रकी छोरी हुन्, वर्तमान प्रधानमन्त्रीको कुर्सी थाम्ने शक्तिकी छोरी हुन् । यति कुरा पनि नबुझ्ने, बुझेर पनि बुझ पचाउनेलाई कसरी महानगरवासी भन्नु ? नेपाली जनताले स्टालिनबाट किन सिक्दैनन् ? हुनत स्टालिनबारे प्रस्ट नबताउनु स्टालिनवादीहरूकै दोष हो । तथापि हामी नेपाली सधैं खुशी र प्रसन्न हुने जेनेटिक बानी–बेहोरा भएका प¥यौं ।
यहाँहरू सबैको कल्याण होस्, आफ्नै बलबुताबाट कर्म गर्दै आफ्नो लक्ष्यको गोरेटो कोर्न सकौं ।
मैले अन्जानवश मन दुखाएका जनसँग दश औंला जोडेर क्षमायाचना गर्दै २०७८ लाई बिदा र आउँदा दिनहरूमा सबै तीतामीठा अनुभव सँगाल्दै आफू अझ बढी सृजनशील, अझ जुझारू र अझ जिम्मेवारीबोध गर्दै सकल जीवन अगाडि बढोस् भन्ने कामना गर्दछु ।
मेरा सम्पूर्ण आफन्त, भाइ–भतिजा, दिदी–बहिनी, छोराछोरी, काकाकाकी, मामामाइजू र मैले आफ्नो बनाउन नसकेका सबैमा नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना !