प्रस, वीरगंज, ३० चैत/

स्व तारा शम्शेर जबरा रक्त सञ्चार सेवा स्मृति पुरस्करबाट तबरेज अहमद सम्मानित भएका
छन् ।

२०७८ सालमा सबैभन्दा बढी चारपटक रक्तदान गरेकाले अहमदलाई नेपाल रेडक्रस सोसाइटी, जिल्ला कार्यसमिति, पर्साले पुरस्कृत गरेको हो ।

सोसाइटीको दोस्रो साधारणसभाको अवसरमा अहमदलाई जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहमद अन्सारीले पाँच हजार नगदसहित दोसल्ला, मायाको चिनो र कदरपत्रद्वारा सम्मान गरेको नेरेसो, पर्साका सभापति वीरेन्द्रराज कँडेलले बताए ।

अहमदले अहिलेसम्म ४५ पटक रक्तदान गरिसकेको रक्त सञ्चार केन्द्र, वीरगंजले जनाएको छ ।

कार्यक्रममा नेरेसो, मधेस प्रदेशका सभापति फूलमहमद मियाँ, नेपाल पत्रकार महासङ्घ, पर्साका उपाध्यक्ष युवराज खड्कालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here