प्रस, वीरगंज, २५ चैत/

वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को लागि पर्साका २५ वटा परीक्षा केन्द्रमा ९ हजार १५५ जना विद्यार्थी सहभागी हुने पर्सा शिक्षा समितिले जनाएको छ ।
जिएचपी माविमा प्राविधिक धार र एक्जाम्टेड ग्रेड वृद्धिका ३४७ जना विद्यार्थीले परीक्षा दिने समितिले जनाएको छ ।

जिल्ला शिक्षा समन्वय अधिकारीले दिएको जानकारी अनुसार त्रिजुद्ध मावि परीक्षा केन्द्रमा माईस्थान, प्रज्ञा एकेडेमी, न्यू वेभ एकेडेमी, चिल्डे«न वल्र्ड, मनकामना माविका ५६५ जना विद्यार्थीको केन्द्र तोकिएको छ ।

कन्या मावि परीक्षा केन्द्रमा माउन्ट एडमन्ड, चिल्डे«न, होलील्यान्ड, नगवा, मूनलाइट, गौतम, शुभतारा, विकेन माविका ३६२ जना विद्यार्थीको केन्द्र हुनेछ । यसैगरी, त्रिभुवन हनुमान माविको परीक्षा केन्द्रमा त्रिजुद्ध, लिटिल एन्जल्स, एमइएस, सेन्ट जेभियर्सका ४१० जना विद्यार्थी सहभागी हुनेछन् । नगवा माविको परीक्षा केन्द्रमा युनाइटेड, पिसजोन, त्रिभुवन हनुमान, सिटी स्कूलका ३३९ जना विद्यार्थीको केन्द्र तोकिएको छ ।

यसैगरी, माईस्थान विद्यापीठ मावि परीक्षा केन्द्रमा गोल्डेन फ्युचर, जीवनज्योति, मेरीगोल्ड, कन्या मावि खुलातर्फ, ज्ञान सरोबर, विद्यासदन, सनलाइटका ४०१ जना विद्यार्थी सहभागी
हुनेछन् ।

पन्नालाल मावि परीक्षा केन्द्रमा विद्यासागर, कञ्चनजङ्घा, आदर्श, ज्ञानज्योति, रेलवे, सेन्ट जोन्स, ज्ञानदा, माउन्ट स्टार, आइडियल, वीरगंज पब्लिक, ज्ञानोदयका ३३२ जना विद्यार्थीको केन्द्र तोकिएको छ ।

रेलवे मावि परीक्षा केन्द्रमा मिनिल्यान्ड, सालोम, ग्रीनल्यान्ड, बाबा, नेरामावि श्रीपुर, सुरजी देवी, मदरल्यान्ड, सगरमाथाका ४४४ जना विद्यार्थी सहभागी हुनेछन् । सुरजी मावि परीक्षा केन्द्रमा नृसिंह, युनिभर्सल, ओसिस, ओम नेशनल, पशुपति, ममता शिक्षा मन्दिरका ३७८ जना विद्यार्थी सहभागी हुनेछन् ।

नेरामावि श्रीपुरमा पन्नालाल, पशुपति, बाल एकता, हरि खेतान, सिद्धार्थ, नेशनल, जिएचपी, द्वारदेवी, हिमालयन, सेसमी, मालिनी, माउन्ट हर्मन, डल्फिन एकेडेमी, वीरगंज सेन्ट्रल, गोल्डेन गेटका ४२५ जना विद्यार्थीको केन्द्र परेको छ ।

सिद्धार्थ मावि परीक्षा केन्द्रमा डिएभी, वीरगंज एकेडेमी, ज्ञानवाटिका, गीता गजेन्द्र, कादम्बरी, होली एन्जल्स, ग्रेस, एन्जल, मास्कोट, मोडर्न, तौहिदल इस्लाम, माउन्ट मकालु, भवानीपुर, ज्ञानसागर एकेडेमीका ५०४ जना विद्यार्थी सहभागी हुनेछन् ।

नृसिंह मावि परीक्षा केन्द्रमा सिद्धार्थ, ट्रिनिटी, अल्पाइन, साउथजोन, लक्ष्मी, गुरुकुल, लिटिल फ्लावरका ५१४ जना विद्यार्थी सहभागी हुनेछन् । द्वारदेवी अलौंको परीक्षा केन्द्रमा राधाकृष्ण बहुअर्वाभाठा, शारदा, गोल्डेन, वाटिका, सन्नी एकेडेमीका ३०६ जना विद्यार्थी सहभागी हुनेछन् ।

सोलखपुर माविको परीक्षा केन्द्रमा बर्वाछटैली, जनता मावि, रेन्बो, ज्योति सदनका २५१ जना विद्यार्थी सहभागी हुनेछन् । नेरामावि बर्वाछटैली पर्सागढी परीक्षा केन्द्रमा मप्र उपाध्याय मावि बगही, नेरामावि सोलखपुर, नेरामावि बडेर्वा, भूपू सैनिक, आमोदेवी, बिरुवागुठी माविका ३०४ जना विद्यार्थी सहभागी हुनेछन् ।

नेरामावि बडेर्वा परीक्षा केन्द्रमा दीपनारायण मावि, नेरामावि रङ्गपुरटाँडी, सिरही सथवल माविका २४१ जना विद्यार्थी सहभागी हुनेछन् । दीपनारायण मावि औराहा सखुवाप्रसौनी परीक्षा केन्द्रमा बितो मावि जीतपुर, नेरामावि सुगौली दापु, नेरामावि डोकैला बहुअरी, नेरामावि देउरवानाका ४०२ जना विद्यार्थी सहभागी हुनेछन् ।

राधाकृष्ण चौरसिया मावि बहुअर्वाभाठामा राराचौ मावि झौवागुठी, देवरञ्जन देवराज मावि रामनगरी, मुखदेव सुशीला मावि रामनगरी, नेरामावि गर्दौलाका ३४९ जना विद्यार्थी सहभागी हुनेछन् ।

नेरामावि मसिहानी जगरनाथपुर परीक्षा केन्द्रमा नेरामावि निचुटा, उच्चाङ्गल मावि पोखरिया, नेरामावि सन्ठीका २७२ जना विद्यार्थी सहभागी हुनेछन् । जिल्ला उच्चाङ्गल मावि पोखरियाको परीक्षा केन्द्रमा नेरामावि मसिहानी, रामचरित्र भगत मावि पकाहामैनपुर, महुवनी पद्म मावि रानीगंजका ३६४ जना विद्यार्थीहरू सहभागी हुनेछन् ।

रामचरित्र भगत मावि पकाहामैनपुरको परीक्षा केन्द्रमा दिव्य कन्या मावि विरञ्चिीबर्वा, मङ्गल मावि भिस्वा, सुकइ मावि भेडिहारी, नेरामावि कटीबलुवा, जनता मावि मुडलीका ३४१ जना विद्यार्थी सहभागी हुनेछन् ।

मङ्गल मावि भिस्वा परीक्षा केन्द्रमा नवगावाँ मावि चेरगाहा, नेरामावि भिखमपुर, कालीप्रसाद लाखे मावि, अजिज मियाँ माविका ३९५ जना विद्यार्थी सहभागी हुनेछन् । बितो महतो जनता मावि जीतपुर परीक्षा केन्द्रमा मावि विजयबस्ती ठोरी, नेरामावि सेढवा, ज्ञानवाटिका मावि सुवर्णपुरका २१२ जना विद्यार्थी सहभागी हुनेछन् ।

विजयबस्ती ठोरीको परीक्षा केन्द्रमा सरस्वती मावि ठोरी, नेरामावि ओडार, नेरामावि दीपकनगर, ज्ञानज्योति मावि घ्याङडाँडाका २१६ जना विद्यार्थी सहभागी हुनेछन् । देवनन्दन देवराज मावि रामनगरी परीक्षा केन्द्रमा महावीर साह मावि नगरदाहा, नेरामावि महुवन, भङ्गी साह मावि विश्रामपुर, सीताराम महतो मावि भौराटारका ३६१ जना विद्यार्थीको केन्द्र तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here