सुग्रीव साह, भिस्वा, २० चैत/
छिपहरमाई गाउँपालिकाको सबैठवा–जयमङ्गलापुर सडकखण्डमा कल्भर्ट बनाउने ठाउँमा ह्युमपाइप राखेर झारा टार्ने काम भएको छ ।
यो सडकखण्डमा गण्डक सिंचाइ नहर अन्तर्गत तीनवटा नहर पर्दछन्, जसमा कल्भर्ट निर्माण गर्नुपर्ने र एउटा गाउँनजीकको खहरे खोलामा कल्भर्ट बनाउनुपर्ने आवश्यक छ । गत वर्षको बाढीमा खहरे खोलाले पानीको बहाव थेग्न नसकी गाउँसम्म प्रवेश गरेको थियो ।
अहिले यो ठाउँमा एउटा मात्र ह्युमपाइप जडान गरेर पानीको निकास गर्ने काम भएको छ, जसले आउँदो बाढीमा थेग्न सक्दैन र गाउँ डुबान हुने खतरा बढेको छ । सबैठवा–जयमङ्गलापुर सडक अन्तर्गत छिपहरमाई गापा–३ जयमङ्गलापुर र वडा नं ५ भिस्वा क्ष्Fेत्रमा चारवटा कल्भर्ट निर्माण गर्नुपर्ने आवश्यक छ । गण्डक नहरका तीनवटा स्थानमा लगाइएको ह्युमपाइपले पनि बाढीको पानी थेग्न सक्दैन ।
एक ठाउँमा पाँचवटा ह्युमपाइप जडान गरिएको छ तर सो ह्युमपाइप जडान गर्दा जमीन सतहभन्दा माथि उठाइएको कारण सामान्य पानी परेको बेलामा बहाव नहुने र बहावको लागि बाढी नै आउनुपर्ने अवस्था छ, जसले गर्र्दा सो क्षेत्र अन्तर्गतका खेतहरू सामान्य वर्षामा डुबानमा पर्ने सम्भावना छ ।
दुई/तीन वटा ह्युमपाइप राखेर झारा टार्ने काम भएको छ । जसले बाढीमा पानीको बहावलाई थेग्न सक्दैन । यो सडकखण्ड निर्माण गरिरहेको ठेकेदार तथा प्रदेशसभा सदस्य सिंहासन साह कलवारसँग बुझ्दा उनले स्थानीय गाउँलेहरूको सुझावमा ह्युमपाइप जडान गरेको बताए ।
उनले कल्भर्ट निर्माण गर्दा निजी जग्गा सडकखण्डमा पर्ने जस्ता कारणले स्थानीयकै सल्लाह अनुसार ह्युमपाइप जडान गरेको बताए ।