प्रस, वीरगंज, २० चैत/

वीरगंज उद्योग वाणिज्य सङ्घले मकवानपुर उद्योग वाणिज्य सङ्घसँग  भगिनी सम्बन्ध कायम गरेको छ ।

सङ्घहरूले आआफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्या साझा गर्ने र सरोकारवाला निकाय समक्ष पु¥याउन भगिनी सम्बन्ध स्थापना गरेको हो ।

वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता र मकवानपुर उवासङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले स्मृतिपत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा अध्यक्ष गुप्ताले वीरगंजको आर्थिक, सामाजिक महŒव, यसले बोकेको सम्भावना दर्शाउँदै आर्थिक उन्नयनका लागि खेलेको भूमिकाबारे अवगत गराए । उनले केही दिन अघि विभिन्न मन्त्रालयका मन्त्री, सचिव, विभागका महानिर्देशकलगायत सम्बन्धित निकायसँग भेटघाट गरी कर, राजस्व, भंसार, स्थानीय कर, पूर्वाधार विकास, औद्योगिक विकास, शान्ति सुरक्षालगायत मुद्दाहरू समाधानको लागि पहल एवं प्रयास हुनुपर्नेमा जोड दिए ।

मकवानपुर उवासङ्घका अध्यक्ष अग्रवालले यस क्षेत्रको उद्योग, व्यापार, व्यवसायका साथै सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटन, ह्यान्डीक्राफ्ट्सको विकास र प्रवद्र्धनको लागि सहकार्य गर्न जोड दिए ।

कार्यक्रममा मकवानपुर उवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, वीउवासङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, अङ्कित खेतान, सुरेश रूँगटा, प्रमोद चौरसिया, रवीन्द्र बर्णवाललगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here