WASHINGTON, DC March 30, 2022: US President Joe Biden delivers remarks regarding COVID-19 in the South Court Auditorium at the White House on March 30, 2022. (Photo by Demetrius Freeman/The Washington Post via Getty Images)

वाशिंगटन, १८ चैत/एएफपी

अमेरिकी राष्ट्रपति जो बाइडनले रूस–युक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् ।

आउँदो छ महीनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिए यताकै उच्च १८ करोड ब्यारलसम्म तेल निकालिने अमेरिकी प्रशासनले जनाएको छ ।

यद्यपि दैनिक १० लाख ब्यारलको दरमा तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने विश्लेषकहरूले बताएका छन् । यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रूसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने विश्लेषकहरूले बताएका बिबिसीले उल्लेख गरेको
छ ।

यो वर्षको अन्त्यसम्म आन्तरिक उत्पादन बढ्नु अघि तेल सङ्कट समाधानको एउटा सामान्य पहलस्वरूप बाइडेनले पछिल्लो कदम चालेका हुन् ।

रूस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता भएको र रूसबाट तेल खरीदमा प्रतिबन्धको घोषणा गरेसँगै अमेरिका, युरोपलगायत विश्व बजारमा तेलको अभाव देखिएको र तेलको उच्च मागका कारण मूल्य वृद्धि भएको छ ।

यद्यपि कतिपय अमेरिकी सञ्चारमाध्यमले बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेको बताएका छन् । ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here