प्रस, वीरगंज, १६ चैत/

जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरीको दुईवटा घटनामा संलग्न चारजना र लागूऔषध मुद्दामा फरार एकजनासमेत पाँचजनालाई पक्राउ गरेको जनाएको छ ।

पर्सा प्रहरीले दिएको सूचना अनुसार लागूऔषध मुद्दामा पर्सा, बारा र काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार वीरगंज–१५ का ३० वर्षीय जयकुमार सर्राफलाई पक्राउ गरी पर्सा जिल्ला अदालतको जिम्मा लगाइएको छ ।

यसैगरी मोटरसाइकल चोरीको दुई वटा घटनामा चारजना अभियुक्त पक्राउ गरेको जिप्रका पर्साले जनाएको छ । वीरगंज–१ छपकैया निवासी सन्जु रामले वीरगंज–२ को सडकमा पार्किङ गरेको मोटरसाइकलको लक तोडेर चैत १५ गते राति साढे दश बजे चोरी गर्ने बारा जिल्ला कोल्हवी नपा–१ निवासी अच्छेलाल चौधरीलाई छपकैया–३ बिटबाट पक्राउ गरिएको थियो ।

यसैगरी वीरगंज–१४ निवासी दिनेश राउतको चैत ४ गते वीरगंज–२५ मा पार्किङ गरिएको मोटरसाइकल चोरी गरी अर्को नम्बर प्लेट प्रयोग गरी चलाएको कसूरमा प्रहरीले वीरगंज –२० हरपतगंजबाट सोही ठाउँ निवासी मनीरमियाँ अन्सारी, वीरगंज–२५ का आकाश पटेल, सोही ठाउँका दिपेन्द्र पटेल पक्राउ परेको जिप्रका पर्साले जनाएको छ ।

उनीहरूबाट कागजात नभएको थप ६ वटा मोटरसाइकल बरामद भएको प्रहरीले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here