प्रस, पोखरिया, १६ चैत/
लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य रमेश कुर्मीले मधेसीको मुद्दा उठाउने लोसपा एकमात्र पार्टी रहेको दाबी गरेका छन् ।
लोसपा पर्सा क्षेत्र नं. ३ ले विन्ध्यवासिनी गाउँपालिका–३ झौवामा आयोजना गरेको क्षेत्रीय सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य कुर्मीले तत्कालीन मधेसी जन अधिकार फोरम र हालको जनता समाजवादी पार्टीले मधेसको मुद्दा उठान गर्न छाडेको बताए । उनले मधेसविरोधी शक्तिहरूसँग सहकार्य गरेर मधेसको मुद्दा बिर्सिएको र अहिले मधेसको मुद्दालाई लोसपाले मात्र अङ्गीकार गरेको बताए ।
अर्का प्रदेशसभा सदस्य प्रह्लाद गिरीले विन्ध्यवासिनी गापामा चरम भ्रष्टाचार रहेको आरोप लगाए । उनले संसदीय विकास कोषबाट आफूले विन्ध्यवासिनी गापामा करोडौं रुपियाँ पठाए पनि कमिशनको कारण काम सम्पन्न नभएको र रकम फ्रिज भएको दोषारोपण गरे ।
जोगेन्द्र साहको अध्यक्षतामा भएको सभामा शशिकपूर मियाँ, नेजामुद्दीन समानी, पुरुषोत्तमलाल झा, उषादेवी चFैहान, अनिता देवी, प्रमोद तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।