प्रस, वीरगंज, १३ चैत/
नागरिकताविहीन युवाहरूको समूहले आइतवार जिल्ला प्रशासन कार्यालय, पर्सामा धर्ना दिंदै ज्ञापनपत्र बुझाएको छ ।
जन्मसिद्ध नागरिकता पाएका व्यक्तिहरूका सन्तानले वंशज नागरिकता वा आमाको नामबाट नागरिकता दिनुपर्ने मागसहित सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई समूहका केन्द्रीय अध्यक्ष्F इन्द्रजीत सर्राफले ज्ञापनपत्र बुझाएका थिए ।
२०६३ सालमा पिताले नागरिकता पाए पनि निजका छोराहरूले नागरिकता नपाएको भन्दै तत्काल नागरिकता विधेयक पारित गरी संविधान संशोधन गर्नुपर्ने उनीहरूको माग थियो । कि त आफूहरूलाई देश निकाला गरियोस् अथवा नागरिकता देओस्, बुबाआमा नेपाली भएपनि छोराहरू कसरी गैरनागरिक हुन्छन्, पढेलेखेर पनि गैरनागरिक हुनुपरेकोलगायतका दुःखेसो पोखेका थिए ।
ज्ञापनपत्र बुझाएपछि समूहले वीरगंजको घण्टाघरमा विरोधसभा गरेको थियो । विरोधसभामा सहभागीहरूले स्थानीय प्रशासन र दलका नेताहरूको आलोचना गरेका थिए ।