प्रस, सेढवा, १३ चैत/

पटेर्वासुगौली गाउँपालिका वडा नं ४ स्थित नेरामावि सुगौली दापमा गत बुधवार भएको घटना सम्बन्धमा आइतवार अन्तत्र्रिmया भएको छ । सो दिन दिउँसो १२ बजे कक्षा ७ देखि १० सम्मका छात्राहरू अचानक बेहोश भएका थिए ।

सो विषयमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र, नारायणी अस्पताल, वीरगंजमा आयोजित अन्तत्र्रिmयामा केन्द्रकी फोकल पर्सन हेमा थापाले छात्राहरू, शिक्षक तथा अभिभावकहरूलाई प्रशिक्षण दिएकी थिइन् । यस्तो समस्या देखा पर्नु कुनै रोग नभएको भन्दै उनले छोरी मान्छेको मन कोमल भएकोले यस्तो घटना हुने गरेको बताइन् ।

यस्तो अवस्थामा किशोरी तथा बालिकाहरूको मानसिक तनाव शारीरिकरूपमा प्रकट हुने गरेको उनले बताइन् । लामो समयदेखि कोभिडका कारण पठनपाठन बन्दका कारण पढाइको तनाव, घरपरिवार तथा उमेर अनुसार शारीरिक परिवर्तनका कारण छोरी मान्छेमा यस्तो समस्या देखिने गरेको उनले बताइन् । उनले यस्तो समस्याले कुनै अप्रिय घटना नहुने तथा यो अवस्थामा आफ्ना नानीहरूलाई कसरी हेरचाह गर्ने सम्बन्धमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा वीरगंज जेसीजका पूर्वअध्यक्ष शेखर चौधरी, थारू पत्रकार सङ्घ नेपाल पर्साका उपाध्यक्ष शम्भु महतो थारू, प्रधानाध्यापक मोहनदास थारूलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here