प्रस, पोखरिया, १२ चैत/

भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुईवटा हात्तीसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हात्तीसहित माउते भरतपुर महानगरपालिका–१८ जीतपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, अर्का माउते राजु कुमाल र हात्ती बिक्री गर्ने पर्सा पकहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने सफरोज आलम रहेका छन् ।

नेपालबाट भारततर्फ हात्ती बेच्न लगिरहेको गोप्य सूचनाको आधारमा शनिवार मध्याह्न १२ बजे इलाका प्रहरी कार्यालय, पोखरियाबाट खटेको टोलीले तीनैजनालाई पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलबाट पक्राउ गरेको थियो ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले हात्ती र मानिसलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको बताए । पक्राउ गरिएको हात्ती अवैधरूपमा चितवन जिल्लामा पालिएको र तस्करी गर्न भारत लगिरहेको प्रहरीलाई सूचना आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here