प्रस, वीरगंज, ११ चैत/

मुख्यमन्त्री लालबाबूराउत गद्दी, सांसद प्रदीप यादव र वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले शुक्रवार  वीरगंजमा संयुक्तरूपमा मानव सेवा आश्रमको भवनको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री गद्दीले आश्रमका लागि रु ३० लाख बजेट छुट्याइएको जानकारी गराए ।

कार्यक्रममा सांसद यादवले आगामी बजेटमा मानव सेवा आश्रमको भवनको लागि बजेट छुट्याउने बताए ।

नगरप्रमुख सरावगीले सडकमा अलपत्र बेसहारा मानवहरूको व्यवस्थापनको दायित्व तीनवटै तहको रहेको बताए ।

आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले रु १८ करोडको लागतमा तीन वर्षभित्र भवनको निर्माण कार्य सम्पन्न हुने जानकारी गराए । सो भवन रेम्ड अर्थ प्रविधि (गर्मीमा चीसो र जाडोमा न्यानो)मा निर्माण गरिने उनले जानकारी गराए । १८ कट्ठा जमीनमा भान्साघर, तालीम हल, सहयोगापेक्षीहरू राख्ने कोठा, हेरचाहमा खट्नेहरूको लागि आवास निर्माण गरिने जानकारी गराए ।

२०७४ जेठ १५ गते वीरगंजमा स्थापना भएको मानव सेवा आश्रममा अहिले ६२ जना आश्रित रहेको आश्रमका संरक्षक प्रकाश थारूले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here