प्रस, सिम्रौनगढ, ११ चैत/
‘रक्तदान, जीवनदान, महाकल्याण’ नाराका साथ सिम्रौनगढ नगरपालिका–७ बसपार्कमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, उपशाखा, सिम्रौनगढको आयोजनामा भएको रक्तदान कार्यक्रममा सातजना महिलासहित ७५ जनाले रक्तदान गरेका थिए । शान्तिदेवी नुनिया, मञ्जुलता कुशवाहा, रमेशप्रसाद कुशवाहा, सुबोध कुमार, चन्दन जयसवाल, मुकेश मेहता, रञ्जनकुमार राजन, फूलपतिदेवी मुखिया, सन्ध्या देवी, ज्योति कुशवाहा, रामचरण कुशवाहा, सुभाषप्रसाद कुशवाहा, दिनबन्धुप्रसाद कुशवाहा लगायतले रक्तदान गरेका थिए ।
उपशाखाका अध्यक्ष शम्भु कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा सिम्रौनगढ नपाकी उपप्रमुख रीमादेवी कुशवाहा, नागरिक समाजका डा अरविन्द कुशवाहा, समाजसेवी किशोरी साह कलवार, डा परमानन्द मुखिया, सञ्चारकर्मी रामेश्वर मेहता, शेख मुतिम, दीपेन्द्र कुशवाहालगायतको सहभागिता थियो ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र, वीरगंजका प्रमुख सौरभराज पाण्डे, उपशाखाकी उपाध्यक्ष निशापति देवी, सचिव प्रदीप कुशवाहा, उपसचिव प्रभु गिरी, कोषाध्यक्ष प्रेमचन्द्र दास, सदस्य वीरबहादुर कुशवाहा, हरेन्द्र दास, सन्दीप कुमारलगायतले सहयोग गरेका थिए ।