प्रस, निजगढ, ११ फागुन/

नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्गको सुरुङ मार्ग र त्यससँग जोडिने अग्ला पुलहरूको डिजाइन स्वीकृत भइसकेको जनाएको छ ।

सुरुङ मार्गहरू निर्माण गर्न दुईवटा प्याकेजमा ठेक्का लगाइएको छ । इपिसी मोडलको ठेक्का अनुसार ठेकदारहरूले नै गरेको डिजाइनलाई सेनाले स्वीकृत गरेर निर्माणस्थलमा पठाएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालले जानकारी दिएका छन् । दुई प्याकेजको लागत नेपाली मूल्य अनुसार ४४ अर्ब रुपैयFँ छ ।

एउटा प्याकेज अन्तर्गत मकवानपुरको धेरेमा (सिम्पानीदेखि चालीसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुईवटा सुरुङ मार्ग र पुल निर्माण कार्य अघि बढ्नेछ ।

यो काम पोली च्याङ्दा कर्पोरेशनले २५ अर्ब ९ करोड ५९ लाख ७६ हजार ३३७ रुपैयाँमा ठेक्का पाएको छ । महादेव डाँडामा अर्को ३.३ किलोमिटर प्याकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार छ सय रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङले ठेक्का पाएको छ ।

यसरी निर्माण ठेक्का पाएका कम्पनीमध्ये चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरीड्ढो टोलीले निजगढमा बसेर काम शुरू गर्ने गरी निजगढका सुविधासम्पन्न होटलको छनोट गर्न थालेको बुझिएको छ । एक होटल सञ्चालकले निर्माण कम्पनीका केही प्रतिनिधिहरू होटलमा बसी केही कार्य अघि बढाए पनि होटल एग्रिमेन्ट भने अहिलेसम्म नभएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here