• राजेश मिश्र

कथा हो, एक सर्पको । उक्त सर्प बेइमान स्वभावको थियो । किनभने उसका प्रायः समकक्षीहरू धूर्त प्रकृतिका थिए । सर्पका ती साथीहरूबीच अरूलाई बेवकुफ बनाएर आफ्नो आहारा बनाएको कुरा एकापसमा चर्चा हुन्थ्यो । यस्तो परिवेशमा हुर्कंदै यस कथाका पात्र त्यो सर्पको स्वभाव कपटपूर्ण भइसकेको थियो ।

छलकपट गरी अन्य जीवजन्तुलाई कसरी आफ्नो आहारा बनाउन सकिन्छ भन्ने कुरा उसको मस्तिष्कमा खेल्न थाल्यो । उसले षड्यन्त्र रच्यो । षड्यन्त्र अनुसार ऊ एक पोखरीको डिलमा गएर उदास मुद्रामा बस्यो । पोखरीमा थुप्रै भ्यागुता थिए ।

उनीहरू सबै आआफ्ना दिनचर्यामा व्यस्त थिए । सर्पको अनुहारमा उदासी देखेर तीमध्ये एक भ्यागुतोले सर्पसँग सोध्यो, “तिमीलाई के भएको छ ? किन उदास छौ ? केही खाएका छैनौ कि क्या हो ?”

सर्पले भ्यागुतोलाई उत्तर दिंदै भन्यो, “होइन मित्र । त्यस्तो केही छैन । मलाई खाने कुराको कमी छैन । बरु म त अरू थुप्रै सर्प साथीलाई पाल्न सक्ने हैसियतमा छु । म दुःखी हुनुको कारण अर्कै छ । म आफ्नो व्यथा भनेर तिमीलाई दुःखी तुल्याउन चाहन्नँ । यद्यपि तिमीले मेरो चिन्तासँग सरोकार राख्यौ, त्यसको लागि तिमीलाई धन्यवाद दिन चाहन्छु ।” सर्पको प्रतिउत्तरले भ्यागुताको मन झन् भावविह्वल भयो । भ्यागुतो सर्पको व्यथा जान्न आतुर थियो । सर्पलाई मदत गर्न चाहन्थ्यो । त्यस कारण भ्यागुतोले सर्पलाई उसको व्यथा सुनाउने आग्रह ग¥यो । भोजपुरी एक कहावत ‘जोगिया के भावे ऊ वैदा फुर्मावे’ जस्तै सर्पको मनोकाङ्क्षा अनुसार भ्यागुतो मित्रवत् भावमा सर्पको समीप हुँदै गइरहेको थियो ।

भ्यागुतोले जति आग्रह गथ्र्यो, त्यति नै सर्पले अनुहारमा उदासी भाव प्रकट गरिरहेको थियो । अन्ततः सर्पले पूर्वसुनियोजित कथा भ्यागुतोलाई सुनाउन थाल्यो, “मित्र, म एक भ्यागुतालाई आफ्नो आहारा बनाउनका लागि पछ्याउँदै थिए । भ्यागुतो भागिरहेको थियो । म लखेटिरहेको थिएँ । उक्त भ्यागुतो अचानक मानिसहरूको भीडमा अन्तध्र्यान भयो । मैले धेरै प्रयत्न गरें । तर पनि ऊ फेला परेन । मलाई असह्य भोक लागेको थियो, त्यस कारण रिस उठ्यो । क्रोधमा मैले मानिसहरूको भीडमा रहेको एक बालकलाई टोकें । मेरो टोकाइले ब्राह्मणको त्यो छोरोको तत्कालै मृत्यु भयो । यो देखेर मृतक बच्चाको बुबाले मलाई श्राप दिंदै भने, “म तिमीलाई श्राप दिंदैछु, तिमी जन्मौंजन्मसम्म सर्पको जुनीबाट उन्मुक्ति पाउन सक्दैनौ ।” सर्पले श्राप फिर्ता लिनका लागि ती ब्राह्मणसँग अनुनयविनय गरेको कुरा भ्यागुतोलाई सुनायो । उन्मुक्तिको मार्ग ब्राह्मणले सुझाएको कुरा सर्पले भ्यागुतोलाई बताउँदै भन्यो, “भ्यागुताहरूको सेवा ग¥यौ भने केही दिनमा नै तिमीले पापबाट उन्मुक्ति पाउनेछौ । उनीहरूको सेवा गरेबापत उनीहरूले जे जति दिन्छन्, त्यतिमात्र खाएर तिमीले सन्तोष गर्नुपर्छ । यदि त्यसो गरेनौ भने सात जन्मसम्म तिमीले सर्पको जुनीबाट मुक्ति पाउनेछैनौ ।” ब्राह्मणको श्रापको कारण आफू उदास रहेको कुरा सर्पले भ्यागुतोलाई बतायो । सर्पले भ्यागुताहरूको सेवक बनेर प्रायश्चित गर्ने र पापबाट छुटकारा पाउने कुरा भावविह्वल मुद्रामा प्रस्तुत ग¥यो । सर्पको प्रस्तुतीकरणले उसको कुरा नपत्याउने कुरै थिएन । त्यस्तै भयो पनि ।

सर्पको कथा सुनेपछि भ्यागुतोको आँखा रसायो । ऊ भावविह्वल भयो । सर्पलाई पर्खन भन्दै भ्यागुतोे आफ्नो राजाकहाँ गयो । राजालाई सर्पको सम्पूर्ण वृतान्त सुनायो । सर्पले भ्यागुताहरूको सेवक बन्ने सम्बन्धमा राजाले मन्त्रीहरूसँग विमर्श गरे । सर्पको कथा सुनेर भावविह्वल नहुने त्यहाँ कोही पनि थिएन । तसर्थ सर्पलाई सेवक बनाउने कुरामा सबै एकमत भए । अन्ततः राजाले सर्पलाई सेवकको रूपमा बहाल गरे । कपटी सर्प प्रसन्नचित्त मुद्रामा मनमनै मुस्कुरायो । शुरूमा सर्प भ्यागुताहरू खुशी हुने कुरामा बढी केन्द्रित थियो । शरीरमा चढाउन र सयर गराउन थाल्यो । सर्पसँग मित्रता भएपछि भ्यागुताहरू गद्गद् थिए । सर्पले भ्यागुताहरूलाई खुशी पार्ने विभिन्न युक्ति गरिरह्यो । भ्यागुताहरूका राजा, मन्त्रीलगायत समस्त भ्यागुता प्रसन्नचित्त थिए ।

पोखरीको डिलमा एक्लै बसिरहेको उक्त सर्पसँग अर्को एक सर्पको भेंट भयो । जीउमा चढाएर भ्यागुताहरूलाई सयर गराइरहेको दृश्य हेरेको अर्को सर्पले मित्र सर्पसँग प्रश्न ग¥यो, “ए मूर्ख ! तिमी भोजनलाई पिठ्यूँमा बोकेर किन हिंडिरहन्छौ ?” भ्यागुताहरूको मित्र सर्पले उत्तर दियो, “मित्र मलाई पनि थाहा छ कि यिनीहरू सबै मेरा आहारा हुन् । तर म समयको पर्खाइमा छु । जब उनीहरूले ममाथि पूर्ण विश्वास गर्न थाल्छन्, मेरो मनोकाङ्क्षा तब मात्र पूर्ण हुन सक्छ । त्यसैले म उनीहरूलाई विश्वासमा लिने काम गरिरहेको छु । तिमीले मेरो चिन्ता नगर, अन्यत्र जाऊ र अन्य भ्यागुताहरूलाई आफ्नो पासोमा पार्ने काम गर ।” कुराकानीपछि ती दुवै सर्प आआफ्नो काममा व्यस्त भए ।

केही दिनपछि ससाना भ्यागुतोहरूलाई खान शुरू गरेको सर्पले पछि ठूला भ्यागुतोहरूलाई आहारा बनाउन थाल्यो । सर्पको छलकपटबाट अनजान भ्यागुतोहरूको सङ्ख्या दिन प्रतिदिन घट्न थाल्यो । बेइमान सर्पको कारण भ्यागुतोहरूको राज्यको अद्योगति भयो ।

०००

उपरोक्त कथामा सर्पको स्वार्थ छर्लङ्ग छ । सर्पको इमान ‘मुखमा राम राम र बगलीमा छुरी’ झैं थियो । उसले भन्ने र गर्ने क्रियाकलाप फरक–फरक थियो । वर्तमान राजनीतिक अवस्था उपरोक्त कथासँग मेल खान्छ । भ्यागुतोरूपी जनता सर्परूपी राजनीतिको शिकार भइरहेको छ । अहिले कथाको सर्प जस्तै विभिन्न आवरणमा आकाङ्क्षीहरू शहरदेखि गाउँसम्म फैलिइसकेका छन् । राजनीतिक वृत्तमा जनतासमक्ष सधैं आफूलाई चोखो देखाइरहने प्रवृत्ति छ । गलती स्वीकार गर्ने कोही पनि छैनन् । निर्वाचनको घोषणा भएसँगै जनताको सेवक बन्ने आकाङ्क्षीहरू यत्र तत्र सवत्र्र’ उदीयमान छन् ।

अहिले माहोल चुनावमय छ । सेवक बनेर देश र जनताको सेवा गर्ने मौकाको खोजी गर्ने पात्रहरूको लाइन धेरै लामो छ । निस्स्वार्थ भावले सेवा गर्ने इच्छा भएका पात्रमा पदमोह कल्पना गर्न सकिंदैन । पदमोह भएमा सेवाभावको सम्भावना अपवादबाहेक हुँदैन । यदि साँच्चीकै मनमा सेवाभाव छ भने टिकटको लागि यति मरिहत्ते किन गर्ने ? अहिले टिकटकै लागि एक दलबाट अर्को दलमा हाम फाल्ने अवस्था विद्यमान छ । विचार र सिद्धान्त शून्य राजनीतिबाट देश र जनताको विकास कदापि सम्भव छैन । भोजपुरी कहावत ‘आया राम गया राम’को सिद्धान्तमा आधारित पात्रजनबाट देश र जनताले के आशा गर्ने ? अभिलाषा र स्वार्थमा आधारित राजनीतिको कुनै अर्थ छैन ।

विश्वप्रसिद्ध दार्शनिक प्लेटोले आफ्नो पुस्तक ‘द रिपब्लिक’मा उल्लेख गरेका छन्, ‘एक यस्तो राज्य होस्, जहाँ न्याय व्यवस्थाका साथै शासकमा विवेक, साहस र तृष्णाको भाव होस् ।’ निर्वाचनमा बढीभन्दा बढी पात्रहरूबीच प्रतिस्पर्धा हुनु लोकतन्त्रको सबैभन्दा सकारात्मक पक्ष
हो । यद्यपि दिशाहीन राजनीतिले देशलाई अग्रगति प्रदान गर्न सक्दैन । निर्वाचित भए वा नभए पनि जनताको सेवामा तत्पर रहनुु नै राजनीतिशास्त्रको मूल सिद्धान्त हो । राजनीति लोकतन्त्रको पाङ्ग्रा हो । किनभने जसरी पाङ्ग्राविना वाहन गुड्न सक्दैन, त्यसैगरी राजनीतिविना देश चलायमान हुन सक्दैन । त्यसैले सर्परूपी आकाङ्क्षीहरूलाई मतदाताले चिन्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here