प्रस, पर्सागढी, ६ चैत/

चैत महीना हावाहुरीको महीना हो । यसै महीनामा वनजङ्गलमा डढेलो लाग्ने गर्दछ । जङ्गल क्षेत्रसँग जोडिएको र जङ्गल क्षेत्रभित्र रहेका सडकहरूमा सञ्चालन हुने यात्रीवाहक बसहरूलगायतका सवारीसाधनमा यात्रा गर्नेहरूले चुरोट, बिंडी खाएर ठुटो जथाभावी फाल्दा चैतमा आगो लाग्ने गरेको छ । यो महीनामा हावाले रूखबाट सुखेको पात झार्ने र सुखेको पातमा ठुटो चुरोट फाल्दा डढेलो लाग्ने गरेको छ ।

प्राकृतिक विपत्तिको रूपमा रहेको डढेलोको जङ्गल आसपासका मानिसहरूले फाइदा उठाउने गरेका छन् । कृत्रिमरूपमा डढेलो लगाएर उनीहरूले जङ्गल क्षेत्रमा अतिक्रमण गर्ने गरेका छन् ।

जङ्गलसँग जोडिएका बस्तीहरूबाट यस प्रकारका घटनाहरू हुने गरेको सबैया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष लखनलाल साह बताउँछन् ।

पर्सा जिल्लाका पर्सागढी, सखुवाप्रसौनी, पटेर्वासुगौली, ठोरी, जीराभवानी, जगरनाथपुरलगायतका क्षेत्रहरू जङ्गलसँग जोडिएका छन् । यस क्षेत्रमा कृत्रिम तरीकाले आगजनी गर्दा जङ्गलमा डढेलो लाग्ने गरेको छ । नियोजितरूपमा डढेलो लगाउने काम स्थानीयबाट हुने गरेको र उनीहरूले नै वनजङ्गल क्षेत्र अतिक्रमण गर्ने गरेको अध्यक्ष साहको आरोप छ ।

उनले यस प्रकारका गतिविधि नियन्त्रणका लागि प्रयासहरू भइरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here