प्रस, वीरगंज, १ चैत/

नेपालको आयात–निर्यात सहज पार्न निर्माण गरिएको वीरगंजको श्रीसिया सुक्खा बन्दरगाह भन्सार नाकाबाट हुने ढुवानी सेवा पछिल्लो समय प्रभावित बन्न थालेपछि बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले आफ्ना निजी रेलहरू बढाउँदै लगेको छ ।

नेपाल–भारत तथा तेस्रो मुलुकसँगको व्यापार तथा ढुवानीमा पहिलेदेखि एकछत्र राज गर्दै आएको कन्करले रेलको सङ्ख्या घटाउँदै गएपछि नेपाली आयात–निर्यात प्रभावित बनेको छ ।

कन्करको करीब दुई हजार खाली कन्टेनर सुक्खा बन्दरगाह भन्सारमा थुप्रिएका छन् भने विशाखापट्टनम भन्सारमा सामानले भरिएका तीन हजारवटा कन्टेनर होल्ड भएका छन् ।

कोलकाता बन्दरगाहमा एक हजारको हाराहारीमा कन्टेनर होल्ड भएको व्यवसायीहरूको भनाइ
छ । पहिले महीनामा ६० भन्दा बढी ¥याक दिने गरेको कन्करले अहिले करीब पचास प्रतिशतले कटौती गरेको छ । फागुन २७ गतेसम्म कन्करको मात्र १२ वटा ¥याक कोलकाता र विशाखापट्टनमबाट मालसामान बोकेर वीरगंज पुगेको थियो भने प्रिस्टिनले १५ वटा ¥याक ल्याएको छ । मार्च महीनाको अन्त्यसम्म प्रिस्टिनले करीब ६० वटा ¥याक ल्याउने लक्ष्य लिएको छ ।

त्यसैगरी, गत फेबु्रअरीमा प्रिस्टिनले २६ र कन्करले २९ गरी कुल ५५ वटा ¥याक आएको थियो भने जनवरीमा प्रिस्टिनले २१ र कन्करले ३४ गरी कुल ५५ वटा ¥याक आएको थियो । डिसेम्बरमा प्रिस्टिनले ११ र कन्करले ३८ गरी ४९ वटा ¥याक ल्याएको थियो । मार्च महीनापछि अवस्था सामान्य हुने प्रिस्टिन भ्याली ड्राइपोर्टका कमर्सियल चिफ विकाश शर्माले जानकारी
गराए । सुक्खा बन्दरगाह भन्सार कार्यालयको ठेक्का प्रिस्टिन भ्याली प्रालिले पाएलगत्तै ढुवानीमा करीब बीस प्रतिशत भाडा घटाएको थियो ।

पहिले एउटा कन्टेनर ८० हजारदेखि डेढ लाख रुपैयाँसम्म भाडा तिरेर आउँथ्यो भने अहिले ४५ हजारदेखि ९० हजार रुपैयाँसम्ममा कन्टेनर आउने गरेको छ । नेपाल–भारत रेलवे सर्भिस एग्रिमेन्ट कार्यान्वयनमा आइसकेपछि कन्करको एकछत्र अधिकार तोडिएको हो ।

अब नेपाली वा विदेशी जुन पनि निजी क्षेत्रको ढुवानीकर्ता रेलले भारतबाट मालसामान वीरगंजसम्म पु¥याउन सक्छ भने नेपालको सामान भारतका बन्दरगाहमा पु¥याउन सक्छ । त्यस कारण नेपाल सरकारलाई असहज पार्न र प्रिस्टिन भ्यालीको व्यवस्थापनलाई तह लगाउन कन्करले दिन प्रतिदिन रेलको सङ्ख्या कटौती गर्दैछ ।

नेपालमा मालसामान ढुवानी गर्ने रेलको भाडा घटेलगत्तै कन्करलाई घाटा लागेको भन्दै मासिकरूपमा उसले रेलको सङ्ख्या कटौती गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here