- विनोद गुप्ता
ऐतिहासिकरूपमा ठूलठूला उद्योग र कलकारखाना खुल्न थालेपछि महिलाहरूले समेत कलकारखानामा काम गर्न शुरू गरेको तर ज्यालाको असमानता, १६ घण्टा काम गर्नुपर्ने बाध्यता, मातृशिशुको स्याहारको व्यवस्था नभएको कारणले गर्दा १८औं शताब्दीको अन्त्यतिर मजदूर आन्दोलनको सुरुआत भएको देखिन्छ । सन् १८७२ मा पेरिसका श्रमिक महिला र १८९७, ८ मार्चको दिन अमेरिकाको न्यूयोर्क शहरका कपडा मिलका महिलाहरूले आठ घण्टा काम, समान ज्याला, टे«ड युनियनको अधिकार, मातृशिशु सुरक्षाको लागि ¥याली निकालेर आमसभाको आयोजना गर्दै हडताल गरेको इतिहास छ । त्यसपछि यस्ता माग र आन्दोलन क्रमशः बढ्दै गएर अन्ततः १९०७, ८ मार्चका दिन श्रमिक महिलाहरूको पहिलो सम्मेलन जर्मनीको स्टुगार्डमा सम्पन्न भएको थियो ।
त्यसपछि सन् १९०८ देखि आन्दोलन तीव्र गतिमा अगाडि बढ्दै गएर सन् १९०७ मा ८ मार्चकै दिन टे«ड युनियनको हक, समान कामको समान ज्याला, आठ घण्टा काम र शिशु स्याहारसहितको व्यवस्था प्राप्त भएको हो । सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा भएको भेलाले दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेको हो । यसलाई निरन्तरता दिंदै १९७५ मा संयुक्त राष्ट्रसङ्घको पहलमा अन्तर्राष्ट्रिय महिला वर्ष मनाउने गरी १८९ देशले हस्ताक्षर गरेका हुन् । नेपालमा सन् २०१७ देखि औपचारिकरूपमा नारी दिवसम नाउन शुरू भएको हो । विसं २०६८ सालमा डा बाबुराम भट्टराई प्रम भएको बेला यो दिवस श्रमिक महिलाहरूको विद्रोह र बलिदानको इतिहासलाई सम्झने दिन भएकोले यसलाई नारी दिवसको सट्टा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा समेत मनाउने गरिन्छ ।
नेपालको सन्दर्भमा जनसङ्ख्याको आधारमा महिला ५१.५ प्रतिशत र पुरुष ४८.५ प्रतिशत रहेको पाइन्छ । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा माओत्से तुड्ढो शब्दमा ‘बेटर हाफ’को नेपालमा के अवस्था छ भन्नेबारे जानकारी लिनु स्वाभाविक हुन्छ । युएन वुमेनको अगस्त २०२१ मा प्रकाशित Gender equality in numbers: Progress and challenges in achieving gender equality in Nepal को रिपोर्ट अनुसार नेपालमा गरीबीको रेखामुनि २५.१६ प्रतिशत जनसङ्ख्या रहेको छ । तर यो रिपोर्ट अनुसार निरपेक्ष गरीबीको रेखामुनि अर्थात् प्रतिदिन एक डलरभन्दा पनि कम आय भएको जनसङ्ख्या १९.६ प्रतिशत छ भने बहुआयामिक गरीबीको रेखामुनि २९ प्रतिशत रहेको छ । मानव विकास सूचकाङ्कमा नेपाल १८९ राष्ट्रमध्ये १४७औं र लैङ्गिक असमानतामा १६२ राष्ट्रमा ११५औं स्थानमा रहेको छ । सन् २०२० को अध्ययन अनुसार ग्लोबल जेन्डर ग्याप इन्डेक्स रेटिड्ढोः
१) Over all Rating- १५३ राष्ट्रमा १०१औं स्थान
२) Economic Participation and Opportunity- १५३ राष्ट्रमा १०१औं स्थान
३) Educational Attainment- १५३ राष्ट्रमा १३३औं स्थान
४) Health & Survival– १५३ राष्ट्रमा १३१औं स्थान
५) Political Empowerment- १५३ राष्ट्रमा ५९औं स्थान
समग्रमा रोजगारमा महिला र पुरुषको अनुपात ५९ः१०० रहेको छ । तर सरकारी क्षेत्रको वास्तविक स्थिति भने सन्तोषजनक देखिंदैन । नेपाल प्रहरीमा जम्मा १०.२ प्रतिशत महिला छन् भने ८९.८ प्रतिशत पुरुष रहेका छन् । नेपाल सरकारको सेवाको विवरण त झन् अत्यासलाग्दो छ ।
यसैगरी व्यवस्थापनको क्षेत्रमा उच्च ओहोदा अर्थात् निर्णयकस्तरमा १३.२ प्रतिशत र मध्यमस्तरमा १३.९ प्रतिशत महिलाको मात्र पहुँच रहेको छ । उद्यमशीलतातर्फ सक्रिय महिला २९.८ प्रतिशत छ भने पुरुषहरूतर्फ यो सङ्ख्या ७०.२ प्रतिशत रहेको छ ।
स्वास्थ्य क्षेत्रमा ८२ प्रतिशतले मातृसेवा, ६७ प्रतिशतले परिवार नियोजनको सुविधा उपभोग गरिरहेका छन् भने एचआइभी र एचडिभीको सेवा २५ प्रतिशतलाई उपलब्ध छ । तर यौन शिक्ष्Fा ग्रहण गर्नेको प्रतिशतलाई रिपोर्टमा ० प्रतिशत देखाइएको छ । महिला हिंसाको कुरा गर्दा १५ देखि ४९ वर्षसम्मका २२ प्रतिशत महिला र विवाहितहरूमा २६ प्रतिशतले यौनजन्य वा अन्य दुव्र्यवहार भोगेको तथ्याङ्क उल्लेख छ र यसमा आश्चर्यजनक के छ भने करीब ३० प्रतिशत महिला र २३ प्रतिशत पुरुष केही अवस्थामा यो ठीक हो भन्ने ठान्छन् ।
यस्तो हुनु पछाडिको कारणलाई शिक्षा भन्ने हो भने प्रदेशगत महिला साक्षरता पुरुषको तुलनामा यस प्रकार छः
यसमा मधेस प्रदेशबाहेक अन्यमा महिला साक्षरतालाई सन्तोषजनक नै मान्न सकिन्छ । तथापि समाजमा बलात्कारलगायतका घटनाहरू घट्ने अवस्था देखिएको छैन । त्यसैले महिलाहरू आत्मनिर्भर हुने कार्यक्रमहरूको पहुँच र प्रभावकारिता बढाउनुका साथै यौनजन्य घटना सुनवाइका लागि एकजना महिला न्यायाधीश अनिवार्यरूपमा रहने गरी तीन सदस्यीय फास्ट ट्र्याक कोर्टको गठन गर्नु अपरिहार्य छ । यसबाट सामान्य अदालतमा पीडितले भोग्नुपरेको पीडा र समयको बचत हुनुका साथै यस्ता घटना नियन्त्रण हुने अपेक्षा गर्न सकिन्छ । तर नियम जति बनाए पनि नियत ठीक नभए केही हुँदैन भन्ने कुरा निर्मला पन्तलगायतका घटनामा सिद्ध भइसकेकाले ‘बेटर हाफ’ले घरबाट नै शिक्षा दिंदा यस्ता घटना र व्यवहारबारे यथोचित शिक्ष्Fा दिनु पनि एक उपाय हुन सक्छ । अन्तमा सबै महिलामा अन्तर्राष्ट्रिय नारी दिवसको साथैसाथै समस्त नेपालीमा होलीको मङ्गलमय शुभकामना ।