ओमप्रकाश चौधरी, सेढवा, २९ फागुन/

शिवरात्रिको अवसरमा जीराभवानी गाउँपालिकामा मेला लागेको थियो, मेला सम्पन्न भएको एक साता बितिसक्दा पनि फोहर व्यवस्थापन नहुँदा मन्दिर परिसर दुर्गन्धित भएको छ ।

जीराभवानी गाउँपालिका–१ र २ को दोसाँधमा फागुन १७ गतेदेखि ऐतिहासिक तथा धार्मिक मेला लागेको थियो । मेलाका कारण भएको फोहर व्यवस्थापनमा सरोकारवालाले ध्यान नदिंदा अहिले मन्दिर क्ष्Fेत्र दुर्गन्धित भएको छ । मेलामा पाँच सयभन्दा बढी पसलबाट निस्केको फोहरका कारण मन्दिर कुरूप भएको छ । मन्दिर आसपासका क्षेत्रमा कागज, प्लास्टिक, सीसाका बोतल, माछामासुको विकार तŒव तथा अन्य फोहोर कुहिंदा क्षेत्र भएर आवागमन गर्नसमेत कठिन भएको स्थानीयले बताएका छन् ।

गर्मी बढ्दै जाँदा मन्दिर परिसरमा रहेका चौतारा, बगैंचा तथा अन्य संरचनामा आराम गर्ने क्ष्Fेत्र पनि दुर्गन्धित भएका छन् । यस सम्बन्धमा वडा नं १ का अध्यक्ष शेख नूमान आजमले मेलाको व्यवस्थापन समिति गठन, ठेक्का लगायतका कामकाज गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरेको तथा सो कार्यमा वडा कार्यालयलाई कुनै जानकारी नगराएको बताए । उनले मन्दिर तथा मेलाका सम्पूर्ण कामकाज पालिकाले गर्ने भएकोले सोको संरक्षण तथा प्रवद्र्धनको जिम्मेवारी पनि पालिकाकै भएको बताए । मन्दिर संरक्षणको नैतिक जिम्मेवारी वडालाई भएपनि पालिकाले अधिकार नदिएको हुँदा आफूले केही गर्न नसकेको वडाध्यक्ष आजमले बताए ।

यस सम्बन्धमा जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले सम्बन्धित वडा कार्यालयहरूलाई फोहरमैला व्यवस्थापनका लागि निर्देशन दिने बताए । त्यसैगरी, गापा अध्यक्ष रामप्रीत महतोलाई यसबारे जानकारी गराउँदा उनी सम्पर्कमा आउन चाहेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here