अबुजा, २९ फागुन/सिन्ह्वा

नाइजेरियाको दक्षिणपश्चिम शहरमा शनिवार बिहान बस र ट्रक ठोक्किंदा १२ जना यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । देशको दक्षिणी भागमा रहेको क्बारा र ओयो राज्यहरूलाई जोड्ने इलोरिन–ओग्बोमोसो सडकको छेउमा रहेको ओटे टाउननजीकै बस र ट्रक ठोक्किंदा आगलागी भएको र अन्य छजना घाइते भएको बताइएको छ । 

घटनामा १८ जनाको संलग्नता रहेको बताइएको छ । घाइते र शवलाई इलोरिनको सरकारी अस्पतालमा लगिएको छ । अधिकारीहरूले सवारी चालकहरूलाई सडक सुरक्षा नियमहरू पालना गर्न सल्लाह दिएका छन् । घातक सडक दुर्घटनाहरू नाइजेरियामा प्रायः भएको पाइन्छ । प्रायः अधिक भारवहन, खराब सडक र लापरवाह ड्राइभिड्ढा कारण दुर्घटना हुने गरेको समाचारमा जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here