प्रस, सिम्र्रानगढ, २५ फागुन/
बाराको पचरौता–४ टोल बेलदारीस्थित आधारभूत अस्पतालको शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य र शिक्षा नै विकासको मूल आधार भएकोले मधेस प्रदेशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो औंल्याए ।
उनले देशको विकासको लागि शिक्षा अति महŒवपूर्ण भएको बताए । उनले मधेस आन्दोलनबाट देशमा आएको सङ्घीयतालाई बलियो बनाइ प्रहरी नियुक्ति र लोकसेवा आयोग प्रदेशको अधिकारमा हुनुपर्ने जिकिर गरे । उनले सातवटै प्रदेशमध्ये सबैभन्दा बढी अशिक्षा, बेरोजगारी र गरीबी मधेस प्रदेशमा भएकोले सुधारका लागि यहाँ उपलब्ध स्रोत–साधनको सही उपयोग गरी पिछडिएको मधेस प्रदेशलाई अगाडि ल्याउनु जरुरी भएको बताए । उनले कोरोनाभन्दा पनि खतरनाक यहाँ भ्रष्टाचार, भ्रष्टतन्त्र, कमिशनतन्त्र रहेकाले यी विकृतिलाई खतम पार्न हामी सबै जागरूक हुनुपर्नेमा जोड दिए । उनले कृषि उत्पादन बढाउन कृषकहरूको मनोबल मजबूत पार्नुपर्छ, सोको लागि देशमैं मल कारखाना खोल्नुपर्छ र यसको लागि पहल पनि शुरू भइसकेको बताए ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री रामसहाय यादवले मधेसलाई राजनीतिक, आर्थिक, सामाजिक अधिकार दिलाउन जरुरी रहेको बताए । उनले यहाँ नागरिकता विधेयक, वन विधेयकलगायत अन्य विधेयक लागू गर्नुपरेको छ तर एमालेको संसद् अवरोधका कारण पास हुन सकेको छैन ।
उनले १५ शøयाको यो अस्पताल मधेस आन्दोलनको उपलब्धि भएको बताए । कार्यक्रममा प्रदेश सरकारको अर्थ राज्यमन्त्री उषा यादव, राष्ट्रियसभा सदस्य महमद खालिद सिद्धिकी, प्रदेशसभा सदस्य बच्चा यादव, पारस साह, केन्द्रीय सदस्य रामकिशोर यादव, रामबाबू यादव, भरतबहादुर खड्का, मधेस प्रदेश अध्यक्ष रामबाबूकुमार यादव, उपाध्यक्ष सुशील साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पण्डित ज्ञानेश्वर पान्डेयले मन्त्रोच्चारण गरी विधिवत् शिलान्यास गराएका थिए ।
यो अस्पतालको निर्माण लागत १८ करोड रुपैयाँ रहेको जनाइएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करीब पाँच सयजनालाई अध्यक्ष यादवले जसपामा प्रवेश गराएका थिए । उनले नवप्रवेशीहरूलाई फूलमाला र अबिर लगाइ स्वागत गरेका थिए ।
अखलेश यादवले स्वागत गरेको कार्यक्रममा अवधभूषण यादवले सहजीकरण गरेका थिए ।