नरेश यादव, पर्सागढी, २५ फागुन/
पर्सागढी नगरापालिका–५ हर्दिया र वीरगंज महानगरपालिका–२८ इनर्वा गाउँबीच रहेको फन्टी खोलामा हालसम्म पुल निर्माण नहुँदा स्थानीयवासीलाई समस्या भएको छ ।
सङ्घीय सांसद विमल श्रीवास्तव यस क्षेत्रबाट निर्वाचित भएपछि फन्टी खोलामा पुल निर्माण गर्ने आश्वासन दिएका थिए तर उनको कार्यकाल समाप्त हुन लाग्दा पनि उनी एकपटक पनि यस क्षेत्रमा आएका छैनन् ।
वडा नं ५ का अध्यक्ष अलम आलमलाई स्थानीयवासीले फन्टी खोलामा ह्युम पाइप लगाइदिन अनुरोध गरेपछि वडाध्यक्षले वास्ता गरेका छैनन् ।
फन्टी खोलामा पुल निर्माण भए वीरगंज तथा औद्योगिक क्षेत्र जान कम समय लाग्ने स्थानीयवासीले बताएका छन् ।