प्रस, वीरगंज, २५ फागुन/
केडिया अर्गनाइजेशनका सञ्चालक तथा समाजसेवी हीरालाल केडियाको बुधवार वाग्मती नदीमा अन्तिम संस्कार भएको छ ।
उपचारको क्रममा ८४ वर्षीय केडियाको मङ्गलवार राति ९ बजे काठमाडौंमा निधन भएको थियो । स्व केडियाको पार्थिव शरीर राति नै वीरगंज ल्याइएको परिवारिक स्रोतले जनाएको छ । अलखियामठनजीकै रहेको उनको निवासमा बिहानदेखि नै श्रदाञ्जलि दिनेहरूको भीड लागेको थियो ।
आज बिहान शवयात्रा निकाली वाग्मती नदीमा अन्तिम संस्कार गरिएको हो । सातजना दाजुभाइमध्ये जेठा स्व केडियाले सामाजिक क्ष्Fेत्रमा उल्लेखनीय योगदान पु¥याएका छन् ।