संयुक्त राष्ट्रसङ्घ २५ फागुन/सिन्ह्वा
इथियोपियामा खडेरीका कारण ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौं पशु–चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका छन् । उनीहरू खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको छ तर नागरिक विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताएका छन् । उनले यहाँका १५ लाखभन्दा बढी पशु–चौपाया पनि मरेको जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा सहयोग पु¥याउन नसकिएको पनि राष्ट्रसङ्घले जनाएको छ ।
साथै संयुक्त राष्ट्रसङ्घले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ । इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिरहेको भन्दै यहाँका ४० लाखभन्दा बढी नागरिक प्रभावित भएको बताएको छ । रासस