ह्यूस्टन, २५ फागुन/सिन्ह्वा

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक)का प्रमुखले मङ्गलवार चेतावनी दिएका छन् ।

पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्र्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताए ।

उनले अमेरिकी राज्य टेक्सासको ह्यूस्टनमा सीरावीक विश्वव्यापी ऊर्जा मञ्चमा भने, “यहाँ खतरामा परेको मुद्दा यी अनुमान गरिएका अभावहरू पूरा गर्न विश्वको क्षमता हो ।”

रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख गर्दै बार्किन्डोले युक्रेन सङ्कटमाथि वित्तीय प्रतिबन्ध अन्तर्गत यस्तो तेल निर्यात गर्न असम्भव छ ।

यी प्रतिबन्धलाई उनले विश्वले अहिलेसम्म सम्भवतः अन्य कुनै पनि देशमा नदेखेको सबैभन्दा गम्भीर समस्या भनेका छन् ।

उनले भने, “आज बिहानसम्म तेलको अभाव देखिएको छैन, तर  रूसमा वित्तीय प्रतिबन्धबीच दिनमा ७० देखि ८० लाख ब्यारेल तेल उत्पादन र निर्यात गर्न जादुमयी विकल्पको आवश्यकता रहन्छ ।”

बार्किन्डोले राष्ट्रसङ्घको लक्ष्य अनुरूप सबैलाई भरपर्दाे, सस्तो र स्वच्छ ऊर्जाको पहुँचको अधिकार भएको उल्लेख गर्दै भने, “तेल र भूराजनीतिबीचको रेखा पातलो हुँदै जाँदा पनि हामी ऊर्जालाई राजनीतीकरण गर्न सक्दैनौं ।”

संयुक्त राज्य अमेरिकाले साउदी अरबपछिको विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता रूसबाट ऊर्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा मङ्गलवार फेरि तेलको मूल्य बढेको छ ।

ब्लूमबर्ग रिपोर्ट अनुसार फेबु्रअरीमा युक्रेन–रूस युद्ध शुरू भएपछि भविष्यको बजारमा तेलको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here