प्रस, जीतपुर, २५ फागुन/

नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीको बुधवार सम्पन्न बैठकले प्रथम अधिवेशन चैत १२ गते सिमरामा गर्ने निर्णय गरेको छ ।

बैठकले अधिवेशनमा प्रत्येक वडाबाट सदस्य, प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ । बैठकका प्रमुख अतिथि एमाले पोलिटब्युरो सदस्य तथा मधेस प्रदेशका सहइन्चार्ज पुरुषोत्तम पौडेलले अबको निर्वाचनमा गठबन्धन मिलेर आए पनि एमालेलाई कसैले हराउन नसक्ने ठोकुवा गरे । उनले एमालेले नै जनताको पक्षमा काम गरेको हुनाले एमालेले जनताको मन जितेको
बताए ।

पोलिटब्युरो सदस्य तथा मधेस प्रदेशका सहइन्चार्ज अच्युत मैनालीले एमालेविरोधी गतिविधि गर्नेहरूलाई जनताले नछाड्ने र निर्वाचनमा धूलो चटाउने बताए ।

पोलिटब्युरो सदस्य तथा मधेस प्रदेशका सहइन्चार्ज ज्वाला साहले जनताको अधिकार स्थापनाका लागि एमालेको महŒवपूर्ण भूमिका भएको बताइन् । उनले प्राप्त उपलब्धि रक्षा गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेकपा एमाले बाराका अध्यक्ष विनोद साह, नेता मनोज पौडेललगायतले मन्तव्य राखेका थिए । उपमहानगर सङ्गठन कमिटीका संयोजक भोला अधिकारीको अध्यक्षतामा बसेको बैठकको सञ्चालन वरुण गौतम, स्वागत भरत घले र धन्यवाद ज्ञापन अमृतलाल श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here