प्रस, वीरगंज, २४ फागुन/

मधेस प्रदेशका अर्थ राज्यमन्त्री उषा यादवले महिलाको विकास नभएसम्म देशको विकास नहुने बताइन् ।

मङ्गलवार वीरगंजमा समाजवादी महिला सङ्घ नेपालले आयोजना गरेको ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा मन्त्री यादवले विगतभन्दा अहिले केही अधिकार महिलाहरूले पाएका कारण वर्तमानमा महिलाको सम्मानजनक उपस्थिति रहेकोप्रति उनले खुशी व्यक्त गरिन् ।

महिला अधिकारको लागि लडिरहेको बताउँदै उनले महिलालाई दोस्रो दर्जाबाट हटाएर पहिलो दर्जामा पु¥याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मन्त्री यादवले प्रदेश सरकारले पनि महिला अधिकारको लागि सङ्घसँग नबाझिने गरी थप कानून बनाउन लागिपरेको बताइन् । सोही कार्यक्रम अन्तर्गत ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमा छात्रालाई साइकल वितरण भइरहेको बताइन् ।

समाजवादी महिला सङ्घ नेपाल, मधेस प्रदेशकी उपाध्यक्ष पिङ्की यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद मन्सुर अन्सारी, सुनीता ठाकुर, केन्द्रीय सदस्य मोनिका सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि लाल बङ्गलाबाट निस्किएको ¥याली नगरपरिक्रमापछि रोयल पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो ।

यसैगरी, मिशन नेपालले आज वीरगंजको होटल पूजनमा नारी दिवसको अवसरमा सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी निरीक्षक रमेश बस्नेत, चण्डीप्रसाद गणका लेफ्टनेन्ट विष्णु गुरुङ, मिशन नेपालका विराज यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पाँचजना महिलालाई सम्मानित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here