मस्को, २३ फागुन/एएनआई र स्पुतनिक

रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहर छोड्न बिहान १०ः०० बजे (०७स्०० न्ःत्) देखि युद्धविराम घोषणा गरेको छ । सो कुरा विभिन्न सञ्चार माध्यमले सोमवार युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तर्विभागीय समन्वय मुख्यालयलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

विपत्तिजनक मानवीय अवस्था र कीभ, खार्किभ, सुमी र मारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै, साथै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गरेका व्यक्तिगत अनुरोधमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिएका हुन् ।

यसैबीच संयुक्त राष्ट्रसङ्घ, ओएससिई, आइसीआरसी र अन्य अन्तर्राष्ट्रिय संस्थाका सान्दर्भिक संरचनाहरूलाई सञ्चारमाध्यमलगायत सबै उपलब्ध सूचना स्रोतहरूमार्फत जानकारी गराइएको
छ ।

 “हामी माग गर्दछौं कि युक्रेनी पक्षले उल्लिखित दिशामा मानवीय करिडरहरू सिर्जना गर्नका लागि सबै शर्तहरू कडाइका साथ पूरा गर्न र नागरिक र विदेशी नागरिकहरूको सङ्गठित दस्ता फिर्ता सुनिश्चित गर्नुपर्दछ”– स्पुतनिकले जनाएको छ । रासस

जापानद्वारा आफ्ना नागरिकलाई रूस यात्रा नगर्न चेतावनी

टोकियो/एएनआई/ स्पुतनिक

जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धबीच आफ्ना नागरिकलाई रूसको यात्रा नगर्न सल्लाह दिएको छ ।

विदेश मन्त्रालयले रूसको लागि जोखिमको स्तर बढाएको छ (‘स्तर ३’), जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रूसको भ्रमण नगर्न आग्रह गरेको छ । युक्रेनसँग सीमा जोडिएका रूसी क्षेत्रहरूका लागि शीर्ष ‘स्तर ४’ को चेतावनी दिइएको छ ।

जापानी विदेश मन्त्रालयले रूसमाथि लगाएको प्रतिबन्धलाई ‘अझै बलियो’ बनाउन सकिने बताएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार हाल रूसमा २ हजार ४ सय जापानी नागरिक छन् ।

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डिपिआर र एलपिआर) ले किभ सेनाबाट आफ्नो रक्षा गर्न मदतको लागि अपील गरेपछि फेबु्रअरी २४ मा, रूसले युक्रेनमा विशेष सैन्य अपरेशन शुरू ग¥यो । रूसले आफ्नो विशेष अपरेशनको उद्देश्य (अ) सैनिकीकरण गर्नु रहेको बताएको छ ।

रूसको अपरेशनको प्रतिक्रियामा, पश्चिमा देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन्, जसमा धेरै रूसी अधिकारी, संस्था, मिडिया, र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द गर्ने र प्रतिबन्धात्मक उपायहरू समावेश छन् ।

बेलायतले युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने

लन्डन/एएनआई/स्पुतनिक

युक्रेनमा जारी रूसी सैन्य कारबाईका बीच बेलायतले कीभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रीटले सोमवार जनाएको छ । 

 “आज घोषणा गरिएको  थप १०० मिलियन डलर कोषले २२,००० सैनिकलाई प्रशिक्षण दिने, २,००० ट्याङ्क विरोधी क्षेप्यास्त्र आपूर्ति गर्ने, आर्थिक सुधार र ऊर्जा स्वतन्त्रताका लागि १०० मिलियन पाउन्ड उपलब्ध गराउने, र १२० मिलियन पाउन्ड उपलब्ध गराउने लगायत छन् ।”

स्वतन्त्रता, र विपद् आपत्कालीन समिति (म्भ्ऋ) को अपीलमा २५ मिलियन पाउन्ड म्याचिङ कोषसहित १२० मिलियन पाउन्ड मानवीय सहायता प्रदान गर्ने डाउनिङ स्ट्रीटले  बताएको छ । बेलायती सरकारका अनुसार नयाँ अनुदान सार्वजनिक क्षेत्र र समर्थन गर्न प्रयोग गर्न सकिने छ । उक्त सहयोग विश्व बैंकमार्फत उपलब्ध गराइने छ ।

यसैबीच अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आइतवार कङ्ग्रेसले युक्रेनलाई मानवीय, सैन्य र आर्थिक सहयोगका लागि १० अर्ब अमेरिकी डलर दिने निर्णय गरेको घोषणा गरेकी छन् ।

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डिपिआर र एलपिआर) ले कीभ सेनाविरुद्ध आफ्नो सुरक्ष्Fाका लागि मदतको अपील गरेपछि फेबु्रअरी २४ मा रूसले युक्रेनमा ‘विशेष सैन्य अपरेशन’ शुरू गरेको हो । रूसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनको निश्शस्त्रीकरण र केवल सैन्य पूर्वाधार लक्षित गरिएको छ । मस्कोले बारम्बार जोड दिंदै आएको छ कि उसको युक्रेन कब्जा गर्ने कुनै योजना छैन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार “डोनबासको जनतालाई जोगाउने लक्ष्य छ, जो आठ वर्षदेखि कीभ शासनद्वारा दुव्र्यवहार र नरसंहारको शिकार भएका छन् ।

रूसको अपरेशनको प्रतिक्रियामा, पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रूसी अधिकारी र संस्था, मिडिया र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने, हवाई क्षेत्र बन्द र प्रतिबन्धात्मक उपायहरू समावेश छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here