- राजेन्द्रप्रसाद कोइराला
स्वास्थ्य सेवा वितरण प्रणालीको योजना र कार्यान्वयनको लागि मानव संसाधन डेटा आवश्यक छ । यद्यपि देशमा दन्त स्वास्थ्य मानव संसाधनबारे धेरै कम जानकारी उपलब्ध छ । नेपालमा दन्त स्वास्थ्य मानव संसाधनले महŒवपूर्ण भूमिका खेल्न थालेको छ । हालैका वर्षहरूमा नेपालमा दन्त चिकित्सकको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । हाल यहाँ प्रतिवर्ष करीब ७०० दन्त चिकित्सक तयार हुन्छन् (स्रोतः जे नेप हेल्थ रिसर्च काउन्सिल २०१३ स ११ (२)) ।
राष्ट्रिय मौखिक (ओरल) स्वास्थ्य नीतिको रणनीतिक योजना जिल्ला र प्राथमिक स्वास्थ्य सेवा स्तरमा दन्त सेवा गाउँगाउँसम्म पु¥याउने रहेको छ । नेपाल सरकारले आधारभूत (ओरल) मौखिक स्वास्थ्य सेवालाई आवश्यक स्वास्थ्य सेवा प्याकेजको रूपमा आफ्नो निर्दिशिकामा उल्लेख गरेको छ । प्रभावकारी स्वास्थ्य सेवाको लागि पर्याप्त मानव संसाधनको जरूरत हुन्छ । र त्यसको लागि उचित व्यवस्थापन त्यति नै आवश्यक पर्छ ।
राजधानी र शहरी क्षेत्रमा मात्र दन्त पेशेवरहरूलाई जम्मा गर्ने प्रवृत्ति बढेको छ । उचित रोजगार विनियोजनको लागि नेपालमा उपयुक्त योजना हुन सकेको छैन । दन्त चिकित्सकहरूको मानव संसाधनसम्बन्धी सूचना र जानकारीको स्थिति दुर्लभ छ । दर्ता भएका नेपाली दन्त चिकित्सकको कुल सङ्ख्या २०२० सम्म २३०० थियो, जसमध्ये ६०० विशेषज्ञ थिए । तीमध्ये ६८५ व्यावसायिकरूपमा सक्रिय थिए भने बाँकी स्नातकोत्तर पढ्दै थिए । एक चौथाईभन्दा बढी दन्त चिकित्सकहरू देश बाहिर बस्दै थिए, तिनीहरूमध्ये अधिकांश कि जागीरे थिए वा स्नातकोत्तर अध्ययन गर्दै थिए । पेशेवर दन्त चिकित्सकमध्ये लगभग तीनचौथाई (६०५ जना) काठमाडौं उपत्यकामा काम गरिरहेका थिए । बाँकी निजी क्षेत्रमा कार्यरत थिए । यद्यपि यो ग्रामीण क्षेत्रमा थोरै दन्त चिकित्सकले सेवा गर्छन् । प्रदेश ६ र ७ मा दन्त चिकित्सा सेवा नगण्य छ । (स्रोत ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय मौखिक स्वास्थ्य, नीति–नेपाल २००४, संशोधित २०१४) ।
नेपालमा डेन्टल कलेजहरूको विकासः
दन्त चिकित्सा स्वास्थ्य सेवाको एक स्वतन्त्र पेशा हो । दन्त चिकित्सक उत्पादन गर्न लामो समय लाग्छ । संसारको पहिलो डेन्टल कलेज बाल्टिमोर कलेज अफ डेन्टल सर्जरी थियो, जुन १८४० मा मेरील्यान्ड, संयुक्त राज्य अमेरिकामा स्थापित भएको थियो । साउथ एशियामा पहिलो डेन्टल कलेज भारतको कलकत्तामा सन् १९२० मा स्थापना भएको थियो । दन्त चिकित्सा शिक्षा कार्यक्रम नेपालमा अपेक्षाकृत नयाँ विषय हो । एमबिबिएस कार्यक्रमको शुरूआत भएको दुर्ई दशकभन्दा बढी समयपछि मात्र नेपालमा औपचारिक दन्त चिकित्सा शिक्षा शुरू भयो । त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थानले १९७८ मा एमबिबिएस कार्यक्रम शुरू ग¥यो, र बिडिएस कोर्स सन् १९९९ मा शुरू भएको थियो, यद्यपि त्योभन्दा पहिले पनि प्रयास भएको थियो ।
शुरूको अवस्थामा नेपाली दन्त चिकित्सकहरू भारतमा तालिम लिन्थे तिनीहरूको आफ्नै रुचिका कारण वा सरकार वा राजदरबारद्वारा चयन गर्ने गरिन्थ्यो । कान्तिपुर डेन्टल अस्पातलका प्रा डा रवीन्द्रमान श्रेष्ठ आफ्नो आलेखमा लेख्छन्– सन् १९६० को मध्यदेखि नेपाली विद्यार्थीहरूले कोलम्बो योजनामार्फत दन्त चिकित्सा अध्ययन गर्न थाले । भारत, पाकिस्तान र बङ्गलादेशद्वारा प्रदान गरिने सांस्कृतिक छात्रवृत्ति अन्तर्गत यो अध्ययन गर्ने गर्थे । उनी अगाडि लेख्छन्–“१९८० को दशकपछि धेरै नेपाली विद्यार्थीले आफ्नै खर्चमा भारत, बङ्गलादेश, रूस, फिलिपिन्सजस्ता देशबाट यस क्षेत्रमा अध्ययन गरेको पाइन्छ ।” त्यस बेला एक हजारभन्दा बढी विद्यार्थीले विदेशी कलेजहरूबाट दन्त चिकित्सा अध्ययन गरेको पाइन्छ ।
सन् १९९० अर्थात् २०४६ मा प्रजातन्त्र आएपछि चिकित्सा शिक्षामा पनि उदारीकरण लागू भयो । परिणामस्वरूप नेपालमा धेरै निजी मेडिकल कलेजहरू स्थापना हुन थाले । त्यसपछि, धेरै चिकित्सा संस्थाहरूले बिडिएस कार्यक्रम शुरू गर्ने निरन्तर प्रयास गरि नै रहे ।
चिकित्सा संस्थान, नेपाल मेडिकल कलेज र नेपालगंज मेडिकल कलेजमा डेन्टल कलेज स्थापना गर्न धेरै अलग–अलग बैठकहरू भएका थिए । जुन नेपाल डेन्टल एसोसिएशनको प्राथमिक एजेन्डा पनि थियो । तर त्यस अवधिमा त्यस्ता प्रयासहरू पूरा हुन सकेनन् ।
संस्थानले दुर्ईवटा ब्याच भर्ना गरेको थियो दन्त र मेडिकल । तर, कार्यक्रमलाई त्याग्नुपर्ने भयो किनकि कुनै पनि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्न व्यवस्थापन असफल भयो । धेरै अलपत्र परेका दन्त चिकित्साका विद्यार्थीहरूलाई भारतको दन्त कलेजहरूमा समायोजन गरियो । यसरी १९९० सम्म धेरै नेपाली विद्यार्थी भारत गएर अध्ययन गर्थे । सन् १९९० को दशकमा देशको स्वास्थ्य क्षेत्रले समस्या भोगिरहेको थियो । अर्काेतर्फ दन्त स्वास्थ्यकर्मीहरूको तीव्र अभाव भएको अनुभूति राज्यले ग¥यो । फलस्वरूप संस्थागत र निजी दुवैतर्फबाट नेपालमा डेन्टल कलेज स्थापना गर्ने व्यापक प्रयास हुन थाल्यो । सन् १९९९ मा सरकारी अधिकारीहरूले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र पिपुल्स डेन्टल कलेज, काठमाडौंले बीडिएस कार्यक्रम शुभारम्भ गर्ने अनुमति प्रदान गरे । १९९६–९७ मा पिपुल्स डेन्टल कलेजलाई नेपालको पहिलो डेन्टल कलेजको रूपमा स्थापना गरियो । यसरी दन्त चिकित्सा अध्ययनको थालनी नेपालमा भयो । हाल नेपालमा प्राइभेट र संस्थागत गरी १४ वटा डेन्टल कलेजले सेवा प्रदान गरिरहेका
छन् ।
अवसर र चुनौती ः
पाठ्यक्रम पूरा गरेपछि ३६ प्रतिशतले विदेशमा बस्ने योजना बनाएका छन् भने ३१ प्रतिशतले काठमाडौं उपत्यका वा देशका अन्य शहरी क्षेत्रमा । १०५ मात्र ग्रामीण क्षेत्रमा बस्ने र काम गर्ने योजनामा छन् । १७५ अनिर्णित भएको पाइएको छ । स्नातकपछि पाँचमध्ये एकजना मात्र (२१५) तुरुन्तै जागीर खोज्न चाहन्छन्, जबकि ४०५ थप अध्ययनमा रुचि राख्छन् ।
जब दन्त चिकित्सा अध्ययन गर्ने केही विद्यार्थीहरूलाई प्रश्न गरियो, उनीहरूको जवाफ यस्तो थियो–
“नेपालमा पेशा त्यति राम्रो छैन… नेपालमा दन्त स्वास्थ्यकर्मीका लागि कुनै आचारसंहिता
छैन । भविष्यमा यो राम्रो हुनेछ भन्ने आशा मात्र गर्न सकिन्छ । म मेरो सक्दो प्रयास गर्नेछु र आशा गर्छु कि मेरो सपना साकार हुनेछ ।”
“यो एउटा महŒवपूर्ण पेशा हो, तर नेपालमा दन्त स्वास्थ्य विशेषज्ञहरूको राम्रो पहिचान छैन । यसलाई नियमन गरिएको छैन । दन्त स्वास्थ्य विशेषज्ञहरू आफ्नो पहिचानका लागि लडिरहेका छन् । आजसम्म हामीसँग आचारसंहिता छैन ।”
प्रायः दन्त स्वास्थ्य विशेषज्ञ राम्रो शिक्षा र जागीर पाउन विदेश जान्छन्, यद्यपि उनीहरू यस क्षेत्रमा धेरै प्रतिभाशाली छन् । नेपालमा दन्त स्वास्थ्य विशेषज्ञहरूको अभ्यासको दायरा त्यति राम्रो छैन र जागीर पाउन गाह्रो छ ।
नेपालको सन्दर्भमा डेन्टल हाइजिनिस्ट स्थिति कमजोर छ… दन्त स्वास्थ्य विशेषज्ञहरूको लागि कुनै सरकारी पद छैन ।
यहाँ हरेक वर्ष धेरै दन्त चिकित्सक उत्पादन हुन्छन् तर विडम्बना नै भन्नुपर्छ, दन्त चिकित्सकहरूका लागि राम्रो जागीरको अवसर यो देशमा छैन । साथै दन्त चिकित्सक जनशक्ति बढिरहेको छ, तर जागीर कम छ, तलब पनि उपयुक्त छैन । लाखौं खर्च गरेर पढ्दा पनि यसको रिटर्न धेरै निराशालाग्दो छ । यद्यपि केही नगण्य परिवर्तनहरू भएका छन् ।
सार्वजनिक दन्त स्वास्थ्य वितरण प्रणालीहरू राजनीतिक, सांस्कृतिक र सामाजिक–आर्थिक कारकद्वारा प्रभावित हुन्छन्, जसले गर्दा हेरचाहमा पहुँच र क्लिनिकल परिणामहरूमा महŒवपूर्ण भिन्नताहरू हुन्छन् । नेपालजस्ता विकासोन्मुख देशहरूमा आर्थिक बाधा छ, जसले दाँतका सबै समस्याको उपचार असम्भव हुने गर्दछ । यसले गर्दा दन्त चिकित्सकहरू अवसरबाट वन्चित हुन्छन् र विदेश जान उद्यत रहन्छन् ।
नेपालमा मौखिक स्वास्थ्यप्रति जागरूक बनाउन, उपचारको आवश्यकताका साथै मौखिक स्वास्थ्य सेवा प्रणाली, लागत, कार्यबल सङ्ख्या र दन्त टोलीका लागि भरपर्दाे परिमाणमा जानकारी सङ्कलन गर्नु महŒवपूर्ण हुन्छ ।
योजना र कार्यक्रम कार्यान्वयन गर्न प्रतिव्यक्ति दन्त चिकित्सकको अनुपात नेपालमा एकदमै सानो छ । यसको राम्रो अनुसन्धान गरी नीति बनाउने हो भने देशमैं दन्त चिकित्साको ठूलो अवसर सृजना गर्न सकिन्छ ।
मुखको स्वास्थ्य प्रवद्र्धन र जनतालाई घरेलु हेरचाह, उपचार उपलब्ध गराउन वा चिनी र प्रशोधित खानेकुरा, कार्बाेनेटेड पेय पदार्थको बढ्दो उपभोगका परिणामहरू र फ्लोराइड टुथपेस्टको सकारात्मक प्रभावबारे लाखौं मानिसलाई शिक्षित गर्न ठूलो जनशक्तिको आवश्यकता छ
नेपालमा ।
नेपालजस्तो विकासोन्मुख देशहरूमा राज्यले मौखिक स्वास्थ्य शिक्षाविद्का लागि कार्यक्रमहरू तयार गरी ठूलो गरीब जनसङ्ख्या भएको क्षेत्रमा चेतना जगाई यसको आवश्यकता स्थापित गर्न सकिन्छ जसले गर्दा राज्यस्तरबाटै दन्त चिकित्सकहरूका लागि अवसर सृजना गर्न सकिन्छ । भविष्यमा नेपालले विस्तारित कार्यहरू भएका स्वायत्त दन्त स्वास्थ्य विशेषज्ञहरूबाट लाभान्वित हुन सक्छ जसले रोकथामजन्य मौखिक स्वास्थ्य कार्यक्रमहरू शुरू गर्न क्षमता मात्र वृद्धि हुने छैन, जनसङ्याको ठूलो भागको प्राथमिक, न्यूनतम आक्रामक पुनस्र्थापनाका आवश्यकताहरू पनि पूरा हुन सक्छ । यी र यस्ता कुरामा सरकारले ध्यान मात्र दिने हो भने नेपालमैं यस क्षेत्रमा ठूलो अवसर सृजना हुनेछ । नेपालमा यस समय दन्त चिकित्साको सम्भाव्यता प्रशस्त सृजना गर्न सकिन्छ ।
अन्त्यमा, एकजना विद्वान्को भनाइ–“केही वृद्ध महिला र पुरुष उमेरसँगै तीतो र कर्कश हुँदै जान्छन्, जति धेरै दाँत झर्छ, त्यति बढी टोक्छन् ।”–जर्ज डी प्रेन्टिस