प्रस, वीरगंज, २१ फागुन/

नेपाल मुस्लिम इत्तेहाद सङ्गठन, पर्साको आठौं जिल्ला अधिवेशन वीरगंजमा सम्पन्न भएको
छ ।

नेपाल मुस्लिम इत्तेहाद सङ्गठन, पर्साको लामो समयदेखि अधिवेशन हुन नसकिरहेको अवस्थामा आज भएको अधिवेशनको बन्दसत्रले नविजान अलीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । सङ्गठनको जिल्ला उपाध्यक्ष बसिर हवारी र अली अकबर अन्सारी, सचिव नियाज अन्सारी, सहसचिव महमद्दीन आलम र बरकिदी राउत र महिला कोषाध्यक्षमा सबरून नेशालगायत चयन भएका छन् ।

अधिवेशनको बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष लालबाबु शेखले निर्वाचित पदाधिकारीहरूको नाम घोषणा गरेका थिए ।

सङ्गठनका जिल्ला अध्यक्ष अफजल हुसैन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, केन्द्रीय सदस्य राजकुमार गुप्ता, केन्द्रीय सदस्य अरविन्द सिंह, नेकपा एमाले प्रचार विभाग सदस्य महेश दास, मुस्लिम इत्तेहाद सङ्गठनका सचिवालय सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु शेख, नेपाली काङ्ग्रेस निकट मुस्लिम सङ्घका महमद साहबुद्दीनलगायत वक्ताहरूले मुस्लिम सङ्गठनको कार्यदिशा र त्यसको प्रभावकारिता तथा सङ्गठन विस्तार एवं शुद्धीकरणलगायतका बारेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here