प्रस, सेढवा, २१ फागुन/

महाशिवरात्रिका दिनदेखि जीराभवानी मन्दिरमा लागेको मेलामा दिनहुँ मेला भर्न आउने भक्तजनहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

दश दिनसम्म लाग्ने मेलाको आज शनिवार पाँचौं दिनमा मेला भर्न आउनेहरूको उल्लेखनीय सहभागिता थियो ।

बिदाको दिन भएकोले आज बिहानैदेखि मेलामा भक्तजनहरूको सङ्ख्या बढेर खचाखच भीड भएको थियो । मेला भर्न पर्सा, बारा, रौटहट, सर्लाही, मकवानपुर, चितवनका साथै भारत बिहार राज्यको पश्चिमी चम्पारण तथा पूर्वी चम्पारणबाट भक्तजनहरू आएका थिए ।

मेलामा किसानहरूले कुटो, कोदालो, बन्चरो, खुर्पीलगायत कृषि कार्यमा प्रयोग गरिने औजारहरू वर्षभरि पुग्ने गरी खरीद गर्छन् ।

त्यस्तै, मेलामा भाँडाबर्तन, फलफूल, कस्मेटिक सामान, लत्ताकपडा, मिठाइका सयौं स्टलहरू राखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here