राजेश केशरीवाल, रक्सौल, २१ फागुन/
भारत, बिहार, रक्सौलको हरैया थाना अन्तर्गत चन्दुली गाउँमा शुक्रवार अबेर राति डाँकाहरूले लुटपाट गरेका छन् ।
शनिवार राति १ बजेको समयमा १५–२० जनाको डाँका समूहले चन्दुली गाउँ–९ निवासी सन्तोष तिवारीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ ।
घटनाको बेला घरमा दुईजना महिला, एकजना पुरुष र एकजना बालकलाई बन्धक बनाइ करीब पाँच लाख मूल्यका गहना, ८३ हजार नगद र चार थान मोबाइल लुटेको पीडित तिवारीले जानकारी गराए ।
घटनाको जानकारी भए लगत्तै हरैया थाना प्रभारी शशिभूषण ठाकुरले घटनाबारे आवश्यक अनुसन्धान थालेको भारतीय प्रहरीले जनाएको छ ।