अमेरिका (न्यूयोर्क), २१ फागुन/एएनआई
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन् ।
“प्रार्थना गृह आश्रयस्थल हुनुपर्छ, आक्रमणको निशाना होइन । म पाकिस्तानको पेशावरको मस्जिदमा शुक्रवारको नमाजको क्रममा भएको भयानक र दुःखद आक्रमणको निन्दा गर्दछु । आफ्ना प्रियजन गुमाउनेप्रति मेरो समवेदना र पाकिस्तानका जनताप्रति मेरो ऐक्यबद्धता छ,” उनले भने ।
शुक्रवार शिया मस्जिदमा भएको विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने १९४ जना घाइते भएका थिए । घटनालाई आत्मघाती हमला भन्दै शहरका अधिकारीले शुरूमा दुईजना आक्रमणकारी संलग्न रहेको बताएका थिए ।
यद्यपि पछि सार्वजनिक गरिएको सिसिटिभी फुटेजले कालो सलवार कमिज लगाएका एक्लो आक्रमणकारी शहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा पैदल प्रवेश गरेको र पेस्तोल बोकेको देखाइएको डन अखबारले रिपोर्ट गरेको छ ।
पाकिस्तानको मानव अधिकार आयोग (एचआरसिपी)ले शुक्रवार आत्मघाती विष्फोटको कडा निन्दा गरेको छ, जुन यसले शिया उपासकलाई लक्षित गर्ने उद्देश्यले गरेको थियो ।
उक्त आक्रमण स्पष्टरूपमा शिया उपासकलाई लक्षित गर्ने उद्देश्यले गरिएको थियो । पेशावर विस्फोटको निन्दा गर्दै एचआरसिपीले यो हमला स्पष्टरूपमा शिया उपासकलाई लक्षित गर्ने र साम्प्रदायिक सङ्गठनको पहिचान बोकेको थियो भन्ने टिप्पणी गरेको छ ।