प्रस, रौतहट, २० फागुन/

जनमत पार्टी, रौतहटले शुक्रवार सदरमुकाम गौरमा प्रदर्शन गरेको छ ।

गौरको बिपीचोकबाट जुलुस निकालेर नगरपरिक्रमा गरी जिल्ला निर्वाचन कार्यालयअगाडि कोणसभामा परिणत भएको थियो ।

जुलुसमा ‘किसान आन्दोलन जिन्दाबाद, समयमा मलखाद र बीउको व्यवस्था गर, सिंचाइको व्यवस्था गर, नसके सिंचाइको बिजुली निश्शुल्क गर, हावाहुरी र वर्षाबाट बालीनाली क्षति भएको भन्दै किसानलाई राहत देऊ, बालीको उचित मूल्याङ्कन गर, उखु किसानको भुक्तानी गर, किसानमाथि दमन बन्द गर, झूटा मुद्दा खारेज गर, पक्राउ परेका आन्दोलनकारीलाई रिहा गरलगायतका नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here